News Portal

रेडियो सुन्नुहोस्

वडा कार्यालय भवनको उद्घाटन

सरद विष्ट प्यूठान,श्रावण ०२ स्वर्गद्वारी
८९७ पटक
प्यूठान,श्रावण ०२ स्वर्गद्वारी

पाँच नम्वर प्रदेश अन्र्तगत प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ४ को वडा कार्यालको एक तले पक्की भवन बुधवार एक कार्यक्रम वीच उद्घाटन गरिएको छ । स्थानीय संरचना लागू हुनुभन्दा पहिले नेपाल सरकारद्धारा करिव ५० लाख वरावरको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।
स्वर्गद्वारी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा सुरु भएको भएको कार्यक्रमको प्रमुख अतिथी स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकाय रहनु भएको थियो । त्यसैगरी कार्यक्रमको विशेष अतिथी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरै रहनु भएकाे थियाे त्यस्तै अन्य अतिथिहरु नगरपालिकामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, वुद्धीजीवि, पत्रकार लगायत विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

वडा नं ४ का वडा सदस्य बसन्ता खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव दिनेश सापकोटाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख रोकायले जनप्रतिनिधिहरुले वडा कार्यालयले आफ्नै वडा कार्यालयको निजी भवनवाट जनताहरुलाई सेवा दिन पाउँने अवसर प्राप्त भएको हुँदा खुसी व्यक्त गर्नुभयो । साथै प्रमुख रोकायले वडा कार्यालयका जनप्रतिनिधिहरु कार्यालय समयमै उपस्थित भएर जनताहरुलाई सौहर्दपूर्ण वातावरणमा मुस्कान सहितको सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमै बोल्दै वडा अध्यक्ष सुरेन्द्र हमालले यो भन्दा पहिले वडा कार्यालयकाे सेवा भाडाकाे भवनवाट प्रदान गर्नुपर्ने भएको हुदाँ जनताको सेवा प्रदानमा कठिनाइ झेल्नुपरेको र अहिले आफ्नै वडा कार्यालयको भवनवाट सेवा प्रदान गर्दा जनतालाई सहज हुने बताउनुभयो ।
सम्पूर्ण राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका राम प्रसाद श्रेष्ठले आफ्नै वडा कार्यालयको भवनवाट जनताहरुले सेवा सुविधा पाउँदा खुसी लागेको बताउनुभयो ।
उक्त कार्यक्रम वडा सदस्य आनन्द पद्धपतीले र कुटी नेपालीले प्रमुख अतिथी लगायत अन्य अथितिहरुलाई खादा ओडाएर, टीका लगाएर सम्मान गर्नुभएको थियो भने कार्यक्रमको समापन वडा अध्यक्ष सुरेन्द्र हमालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रथम अध्यक्ष कपको उपाधि सुनिलस्मृति रोल्पालाई

माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधि...

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा...

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,...

कानुनको पालना र सरकारी आम्दानिका लागि हुलाकमार्फत ढुवानि सुनिस्चित गर्दैछौं: महानिर्देशक अधिकारी

हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी...

“शहरी जीवन भन्दा गाँउले जीवन ठिक” बिषयक वादविवाद प्रतियोगिता सम्पन्न

लुप्लुङ्ग माध्यामिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको नेपाल जुनियर तथा युवा...