News Portal

रेडियो सुन्नुहोस्

वडा कार्यालय भवनको उद्घाटन

सरद विष्ट प्यूठान,श्रावण ०२ स्वर्गद्वारी
१४७८ पटक
प्यूठान,श्रावण ०२ स्वर्गद्वारी

पाँच नम्वर प्रदेश अन्र्तगत प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ४ को वडा कार्यालको एक तले पक्की भवन बुधवार एक कार्यक्रम वीच उद्घाटन गरिएको छ । स्थानीय संरचना लागू हुनुभन्दा पहिले नेपाल सरकारद्धारा करिव ५० लाख वरावरको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।
स्वर्गद्वारी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा सुरु भएको भएको कार्यक्रमको प्रमुख अतिथी स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकाय रहनु भएको थियो । त्यसैगरी कार्यक्रमको विशेष अतिथी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरै रहनु भएकाे थियाे त्यस्तै अन्य अतिथिहरु नगरपालिकामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, वुद्धीजीवि, पत्रकार लगायत विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

वडा नं ४ का वडा सदस्य बसन्ता खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव दिनेश सापकोटाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख रोकायले जनप्रतिनिधिहरुले वडा कार्यालयले आफ्नै वडा कार्यालयको निजी भवनवाट जनताहरुलाई सेवा दिन पाउँने अवसर प्राप्त भएको हुँदा खुसी व्यक्त गर्नुभयो । साथै प्रमुख रोकायले वडा कार्यालयका जनप्रतिनिधिहरु कार्यालय समयमै उपस्थित भएर जनताहरुलाई सौहर्दपूर्ण वातावरणमा मुस्कान सहितको सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमै बोल्दै वडा अध्यक्ष सुरेन्द्र हमालले यो भन्दा पहिले वडा कार्यालयकाे सेवा भाडाकाे भवनवाट प्रदान गर्नुपर्ने भएको हुदाँ जनताको सेवा प्रदानमा कठिनाइ झेल्नुपरेको र अहिले आफ्नै वडा कार्यालयको भवनवाट सेवा प्रदान गर्दा जनतालाई सहज हुने बताउनुभयो ।
सम्पूर्ण राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका राम प्रसाद श्रेष्ठले आफ्नै वडा कार्यालयको भवनवाट जनताहरुले सेवा सुविधा पाउँदा खुसी लागेको बताउनुभयो ।
उक्त कार्यक्रम वडा सदस्य आनन्द पद्धपतीले र कुटी नेपालीले प्रमुख अतिथी लगायत अन्य अथितिहरुलाई खादा ओडाएर, टीका लगाएर सम्मान गर्नुभएको थियो भने कार्यक्रमको समापन वडा अध्यक्ष सुरेन्द्र हमालले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...