News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा स्वतन्त्र वाम गठवन्धनको घोषणा पत्र जारी

झुलेनी नेटवर्क२०७९ वैशाख,२३ प्यूठान
५७५ पटक
२०७९ वैशाख,२३ प्यूठान

ऐरावती गाउँपालिकाको नेतृत्वका लागि स्वतन्त्र वाम गठवन्धनले घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा वर्षमा २\२ जना विद्यार्थीलाई एम.बि.बि.एस. पढाईका साथै १ जना विद्यार्थीलाई पाइलट अध्ययनको लागि सम्पुर्ण शुल्क सहयोग गर्ने, स्वास्थ्य संस्थाबाट टाढा रहेका स्थानमा ६ महिना भित्र सामुदायिक स्वास्थय ईकाइ स्थापना गरिने, पालिका भित्र कम्तीमा ३ वटा एम्वुलेन्स सेवा उपलव्ध गराउने, सुत्केरी महिला र जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्स सेवा उपल्वध गराउने, जेष्ठ नागरिक तथा दिर्घरोगीहरुको लागि मासिक रुपमा डाक्टर घरदैलो कार्यक्रम गर्ने भनिएको छ ।
त्यस्तै छोरी जन्मिने वित्तीकै रु २ हजार छारीको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने, मासिक २० युनिट सम्म विद्युत निशुल्क गराउने,लिफ्ट खानेपानी र लिफ्ट सिँचाइ विद्युत महशुल निशुल्क वनाउने सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिलाई घरदेखी बैक सम्म जान र फर्किनको लागि निशुल्क यातायातको व्यवस्था गरिने,चेनेटा पुरनठाठी जोगीनेटा सडक काले पत्रे गर्ने, आगामी ३ वर्ष भित्रमा ऐरावती गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर पालिका वनाउने लगाएतका प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरेका छन ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...