News Portal

रेडियो सुन्नुहोस्

दाङमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु

झुलेनी पोष्ट संवाददाताजेठ १६
१२३४ पटक
जेठ १६

दाङकाे  देउखुरी स्थित  माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भालुवाङ १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।  साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे लु अ अ जे ५००३ नम्बरकाे मिनी ट्रकले राप्ती गाउँपालिका-४ श्रीनारायण चाेक माैरीघाटमा ठक्करबाट साेही वडा कै खिनैटा निवासी बर्ष ५२ का बल्लु गिरीकाे घटनास्थल मै मृत्यु भएकाे प्रहरी चाैकी मसुरियाका सई शत्रुधन उपाध्यायले जानकारी दिए । मृतक गिरी बिहान माेर्निकवाक गर्दै पूर्वबाट पश्चिम तर्फबाट जाँदै गर्दा मिनि ट्रकले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । मृतककाे शब पाेष्टमार्टमका लागि लमही पठाईएकाे र ठक्कर दिने ट्रक र चालक प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...