News Portal

रेडियो सुन्नुहोस्

गाैमुखीमा नदिले बगाएकाे बालकलाई उद्दार गर्ने दुई बालकहरुलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिने

झुलेनी नेटवर्क२०७९ असार २८, प्यूठान
८१८ पटक
२०७९ असार २८, प्यूठान

गौमुखी माध्यमिक विद्यालयले नदिले बगाइरहेको अवस्थामा बालकको उद्दार गर्ने दुई विद्यार्थीहरुलाई कक्षा १२ सम्म निशुल्क शिक्षा दिने भएको छ । गएको असार २२ गते गौमुखी गाउँपालिका ठुलाबेसीका बालक शिशिर केसीलाई झिमरुक खोलाले बगाउँदै गर्दा गौमुखी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र चन्द्र सुनार र कक्षा ८ मा अध्ययनरत सुशील सुनारले आफ्नो ज्यानको प्रवाह नगरि शिशिरको ज्यान बचाएका थिए ।

साथै उनीहरुले करिब ६०० मिटर टाढाको नदिबाट उद्धार गरी वालकलाई पुनर्जीवन दिएको भन्दै गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाको विशेष उपस्थिति एवं् गौमुखी बजार ईलाकाको आयोजनामा उनीहरूलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले उद्धारकर्ता छात्रहरूको असाधारण कार्य भएको बताउँदै उनीहरुको प्रशंसा समेत गरेका थिए ।

त्यस्तै ती बालकहरुलाई जिल्लाका विभिन्न सामाजिक व्यक्तित्व तथा युवा व्यवसायीहरुले हौसला स्वरुप आर्थिक सहयोग प्रदान गरिरहेका छन् । उद्योग वाणिज्य संघ प्यूठानका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपानेको संयोजकत्वमा उनीहरूलाई प्राप्त हुने सहयोगलाई व्यवस्थापनको लागि समिति समेत गठन गरिएको गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले बताए । साहसी बालकहरुको उच्च शिक्षामा सहज होस भन्दै हालसम्म विभिन्न व्यक्तिहरुबाट हौसला स्वरुप ८३ हजार नगद संकलन भएको छ ।

सम्मान कार्यक्रमको आयोजना बालक शिशिर केसीको घर परिवारले गरेको थियो । परिवारको तर्फबाट बालकका अभिभावकबाट ३० हजार र एकीकृत बचत तथा ऋण सहकारी संस्था ठुलाबेसीका अध्यक्ष केशव केसीले २० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...