News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई, पालिकामा ८० प्रतिशत बजेट खर्च

झुलेनी पाेष्ट२०७९ साउन १५, प्यूठान
१५२७ पटक
२०७९ साउन १५, प्यूठान

सरुमारानी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  आइतबार सम्पन्न गरेको हो ।
गाउँपालिकाले तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका कामकाजको आज सुनुवाई गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले आ.व. २०७८÷०७९ को तेस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाको तेस्रो चौमासिक अवधिमा ८० प्रतिशत बजेट खर्च भएको बताए । जसअन्तर्गत पुँजिगत खर्चतर्फ ७५ प्रतिशत र ८३ प्रतिशत चालु खर्च भएको छ ।
गाउँपालिकाले प्रत्येक चौमासिकमा गरिएका योजना तथा सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि प्रत्येक चौमासिक समयावधिमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सडक, शिक्षा, कृषि र पशुपालनलाई मुख्य प्राथमिकतामा राखेर कामलाई अगाडी बढाउने बताए ।
आजका कार्यक्रमका सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, बजार व्यवस्थापन, सेवा प्रबाह लगायतका बारेमा जिज्ञासा, प्रश्न तथा सुझाव राखेका थिए ।
गाउँपालिका अध्यक्ष बिकले कार्यक्रममा उठेका सवाल तथा जिज्ञासाको जवाफ दिए थिए ।
त्यस्तै गाउँपालिकाले आ.व.०७७÷०७८ को बेरुजु शून्य कायम गर्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीको अहम भुमिका रहेको भन्दै सम्मान समेत गरेको छ । गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा र उपाध्यक्ष बसन्ता खड्काले दोसल्ला र प्रशंसा पत्रले प्रमुख प्रशासकिय अधिकृत रेग्मीलाई सम्मान गरेका हुन् ।
सरुमारानी गाउँपालिकाको आयोजना तथा युथ मिडिया प्रालि प्यूठानको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...