News Portal

रेडियो सुन्नुहोस्

टमाटर उत्पादनमा पहिलो वडा, मर्कावाङमा कृषि एम्बुलेन्स परिक्षण गरिदै

झुलेनी पोष्ट २०७९ साउन २३, प्यूठान
९०७ पटक
२०७९ साउन २३, प्यूठान

माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ, गाउँपालिकामा सबै भन्दा धेरै टमाटर उत्पादन हुने वडाको रुपमा चिनिन्छ । पछिल्लो समय यहाँका अधिंकाश कृषकहरु टमाटर उत्पादनमा लागेका छन् ।
गाउँमा स्मार्ट कृषि योजना भित्रिएसगँै यहाँका कृषक टमाटरखेती तर्फ अझ उत्साहित भएका हुन् । त्यहाँका कृषकहरुले करिब डेढ दशक भन्दा पहिलेदेखी मासिक हजारौ कुईण्टलको परिमाणमा टमाटर उत्पादन गर्दै आईरहेका छन् । मर्कावाङ वडा अन्तर्गत धन्चौर, रातापानी, गोलवाङ, पुकरुक, काभ्रे लगाएत अधिकाशं गाउँका कृषकहरु टमाटर खेतीमा लागेमा छन् । स्मार्ट कृषि कार्यक्रम वडामा लागु भएको करिब १ वर्ष पुग्यो ।
प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत प्रत्येक कृषकको घर घरमा स्मार्ट पोखरी निमार्ण गरिएको माण्डवी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रकास वलीले बताए ।
स्मार्ट कृषि कार्यक्रम मार्फत वडाका कृषकहरुले क्यारेट, टनेल, लगाएतका कृषि सामाग्री पाएका छन् ।
वडामा स्मार्ट कृषि कार्यक्रम लागु भएतापनि त्यहाँका कृषकहरुलाई बजारीकरणका साथै बाटोको समस्या भने रहदै आएको छ । वडाका वस्ती वस्तीमा मोटरबाटो पुगेता पनि ग्रामिण क्षेत्रमा भिरालो जमिन भएका कारण टमाटर बिक्री गर्नका लागि ज्याननै जोखिममा पारेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता छ । उक्त समस्यालाई मध्यनजर गर्दै वडाले वस्तीस्तरमा सडक सुधार गरि कृषि एम्बुलेन्स परिक्षण गर्ने भएको छ ।
यसै वर्ष देखी लागु हुने गरि वडाले थौरै मात्रामा कृषि एम्बुलेन्स परिक्षणका लागि ५ लाख रुपैया बजेट विनियोजन गरेको अध्यक्ष वलीले बताए । त्यस्तै उक्त वडामा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रदेश सरकार र गाउँपालिकाबाट ३०।३० लाखको बजेट छुट्टाइएको छ ।
साथै उनले वडाले खानेपानी, सडक, सिचाइँ कुलो लगाएतका विषयलाई पहिलो प्राथमिकता राखेर काम गर्न थालेको बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...