News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : जस्ले खोले प्यूठानमा होटल आयूष्मा

झुलेनी नेटवर्क२०७९ श्रावण २५, प्यूठान
६१४ पटक
२०७९ श्रावण २५, प्यूठान

२३ वर्षकै उमेरमा काठमाडाैँमा गएर होटल खोले । निरन्तर काम गर्दै जाँदा अनुभवले उनलाई यसैमा रमाउन सिकायो । झिंमरुक गाउपालिका–३, ओखरकोटका नविन जिसी आयूष्मा होटलको मालिकको नामले हिजोआज परिचित भइसकेका छन् । आयुष्मा होटलको शाखा काठमाडौमा नेपालगंज, बर्दिया, प्यूठानको जुम्री र मच्छिमा छन् । जहाँ सयाँै जनाले रोजगारी पाएका छन् । ‘२०६४ सालमा छोरी आयुष्माको नामबाट होटलको नाम राखेको हुँ,’ नविनले भने, ‘होटल र पाटीप्यालेस सुधार गर्नमै दिनहरु बितिरहेका छन् ।’ उनले हरेक दिन कसरी होटल राम्रो संग चलाउन सकिन्छ भन्ने कुरा सोच्नमै वित्ने गरेको बताए । विभिन्न जिल्लामा गरि १ सय ७ जना कामदारलाई काममा लगाएको उनले बताए । प्यूठानको होटलमा झण्डै एक हजार जना अट्ने पार्टी प्यालेस निर्माण गरेका छन् ।

होटल सञ्चालनको अगुभव गर्दै गर्दा उनी ४१ वर्षको भइसकेका छन् । यो उमेरै जिसि होटल क्षेत्रमा आयुष्मा ब्राड बनाउन सफल भएका छन् । होटल आयुष्मा, आयुष्मा कारवास सेन्टर, आयुष्मा कृषि फर्म, आयुष्मा इन्भेष्टमेण्ट प्रालि, आयुष्मा बचत तथा ऋण सहकारी संस्था र आयुष्मा मिटमार्ट समेत उनले सञ्चालन गरेका ब्रान्डहरु हुन् । आयुष्मा होटलले प्यूठानको पहिचाहन गराएको छ । जिल्लाका आउने भिआइपी पाहुनाहरु यही होटलमै बासबस्ने गर्दछन् । जिल्लामा हुने धेरैजसो सरकारी कार्यक्रमहरु, विबाह लगायत कार्यक्रमहरु यस होटलमै हुन थालेका छन् । ‘आयुष्मा होटलले जिल्लाको पहिचान गराएको छ,’ उद्योग बाणीज्य संघ प्यूठानका एक पदाधिकारीले भने, ‘होटलका कारण प्रदेशस्तरीय कार्यक्रमहरु प्यूठानमा हुन थालेका छन् ।’ आयुष्मा होटलमा दर्जनौले रोजगारी पाएका छन् । जिल्लामा उत्पादन भएको तरकारी, फलफूल, माशु अण्डा जिल्लामै खपत भएको छ । प्यूठानको पर्यटकीयस्थल, स्वर्गद्वारी दर्शनगर्न आउने पर्यटकहरु, प्रदेश स्तरीय कार्यक्रम लगायत कारणले गर्दा जुम्रीको आयुष्मा होटल राम्रोसंग सञ्चालन भएको जिसीले बताए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

बालमैत्री स्थानीय शासन सञ्चालन सम्बन्धि तालिम ऐरावतीमा

बालमैत्री स्थानीय शासन सम्बन्धि तालिम ऐरावती गाउँपालिका ५ मा सम्पन्न भएको छ । सरोकार सञ्चार...

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक...

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी