News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : जस्ले खोले प्यूठानमा होटल आयूष्मा

झुलेनी नेटवर्क२०७९ श्रावण २५, प्यूठान
१२९१ पटक
२०७९ श्रावण २५, प्यूठान

२३ वर्षकै उमेरमा काठमाडाैँमा गएर होटल खोले । निरन्तर काम गर्दै जाँदा अनुभवले उनलाई यसैमा रमाउन सिकायो । झिंमरुक गाउपालिका–३, ओखरकोटका नविन जिसी आयूष्मा होटलको मालिकको नामले हिजोआज परिचित भइसकेका छन् । आयुष्मा होटलको शाखा काठमाडौमा नेपालगंज, बर्दिया, प्यूठानको जुम्री र मच्छिमा छन् । जहाँ सयाँै जनाले रोजगारी पाएका छन् । ‘२०६४ सालमा छोरी आयुष्माको नामबाट होटलको नाम राखेको हुँ,’ नविनले भने, ‘होटल र पाटीप्यालेस सुधार गर्नमै दिनहरु बितिरहेका छन् ।’ उनले हरेक दिन कसरी होटल राम्रो संग चलाउन सकिन्छ भन्ने कुरा सोच्नमै वित्ने गरेको बताए । विभिन्न जिल्लामा गरि १ सय ७ जना कामदारलाई काममा लगाएको उनले बताए । प्यूठानको होटलमा झण्डै एक हजार जना अट्ने पार्टी प्यालेस निर्माण गरेका छन् ।

होटल सञ्चालनको अगुभव गर्दै गर्दा उनी ४१ वर्षको भइसकेका छन् । यो उमेरै जिसि होटल क्षेत्रमा आयुष्मा ब्राड बनाउन सफल भएका छन् । होटल आयुष्मा, आयुष्मा कारवास सेन्टर, आयुष्मा कृषि फर्म, आयुष्मा इन्भेष्टमेण्ट प्रालि, आयुष्मा बचत तथा ऋण सहकारी संस्था र आयुष्मा मिटमार्ट समेत उनले सञ्चालन गरेका ब्रान्डहरु हुन् । आयुष्मा होटलले प्यूठानको पहिचाहन गराएको छ । जिल्लाका आउने भिआइपी पाहुनाहरु यही होटलमै बासबस्ने गर्दछन् । जिल्लामा हुने धेरैजसो सरकारी कार्यक्रमहरु, विबाह लगायत कार्यक्रमहरु यस होटलमै हुन थालेका छन् । ‘आयुष्मा होटलले जिल्लाको पहिचान गराएको छ,’ उद्योग बाणीज्य संघ प्यूठानका एक पदाधिकारीले भने, ‘होटलका कारण प्रदेशस्तरीय कार्यक्रमहरु प्यूठानमा हुन थालेका छन् ।’ आयुष्मा होटलमा दर्जनौले रोजगारी पाएका छन् । जिल्लामा उत्पादन भएको तरकारी, फलफूल, माशु अण्डा जिल्लामै खपत भएको छ । प्यूठानको पर्यटकीयस्थल, स्वर्गद्वारी दर्शनगर्न आउने पर्यटकहरु, प्रदेश स्तरीय कार्यक्रम लगायत कारणले गर्दा जुम्रीको आयुष्मा होटल राम्रोसंग सञ्चालन भएको जिसीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...