News Portal

रेडियो सुन्नुहोस्

जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय मा.वि प्रथम

झुलेनी पाेष्ट २०७९ भदौ ४, प्यूठान
११२८ पटक
२०७९ भदौ ४, प्यूठान

प्रथम प्याब्सन अन्तर विद्यालय जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय माद्यामीक विद्यालय बिजुवार प्रथम भएको छ । त्यस्तै द्धितीय पव्लिक इङ्गलिस बोडिङ्ग स्कुल दाखाक्वाडी, तृतीय प्यूठान भ्याली बाग्दुला र मल्लरानी बोडिङ्ग स्कुल खंलगा सान्त्वना भएका छन् ।

लोक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमस.नगद रु १० हजार, ८ हजार, ७ हजार र ४ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका अध्यक्ष व्याप्सनका जिल्ला अध्यक्ष दिपेन्द्र जि.सीले प्रतियोगिहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरि सम्मान गरेका हुन् । प्रतियोगितामा जिल्लाभरका निजी तथा आवासिय विद्यालयका १६ टिमहरुले भाग लिएका थिए ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि सांगितिक तथा लोक नृत्य प्रतियोगिता शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले प्यूठान नगरपालिका ४ स्थित होटेल आयुस्मा जुर्मीमा सम्पन्न गरेको हो ।

पठनपाठनको अलावा विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि उनीहरुभित्र रहेको सांगितिक तथा नृत्य प्रतिभालाई प्रस्फुटन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उनीहरुको नृत्यकलालाई परिचित गराउने उद्देश्यले प्याब्सन जिल्ला कार्यसमिती प्यूठानले कार्यक्रमको आयोजना गरेको थियो ।

आजको कार्यक्रममा अध्यक्षता प्याब्सनका अध्यक्ष दिपेन्द्र जि.सी, प्याब्सनका केन्द्रिय सदस्य गिर बहादुर भण्डारीको प्रमुख आथित्यता, प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र वर्माको विशेष आथित्यता सहित जिल्लाभरका निजी विद्यालयका विद्यार्थी, शिक्षक , अभिभावक, विभिन्न राजनितिक दलका प्रतिनिधी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...