News Portal

रेडियो सुन्नुहोस्

जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय मा.वि प्रथम

झुलेनी पाेष्ट २०७९ भदौ ४, प्यूठान
९०० पटक
२०७९ भदौ ४, प्यूठान

प्रथम प्याब्सन अन्तर विद्यालय जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय माद्यामीक विद्यालय बिजुवार प्रथम भएको छ । त्यस्तै द्धितीय पव्लिक इङ्गलिस बोडिङ्ग स्कुल दाखाक्वाडी, तृतीय प्यूठान भ्याली बाग्दुला र मल्लरानी बोडिङ्ग स्कुल खंलगा सान्त्वना भएका छन् ।

लोक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमस.नगद रु १० हजार, ८ हजार, ७ हजार र ४ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका अध्यक्ष व्याप्सनका जिल्ला अध्यक्ष दिपेन्द्र जि.सीले प्रतियोगिहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरि सम्मान गरेका हुन् । प्रतियोगितामा जिल्लाभरका निजी तथा आवासिय विद्यालयका १६ टिमहरुले भाग लिएका थिए ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि सांगितिक तथा लोक नृत्य प्रतियोगिता शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले प्यूठान नगरपालिका ४ स्थित होटेल आयुस्मा जुर्मीमा सम्पन्न गरेको हो ।

पठनपाठनको अलावा विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि उनीहरुभित्र रहेको सांगितिक तथा नृत्य प्रतिभालाई प्रस्फुटन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उनीहरुको नृत्यकलालाई परिचित गराउने उद्देश्यले प्याब्सन जिल्ला कार्यसमिती प्यूठानले कार्यक्रमको आयोजना गरेको थियो ।

आजको कार्यक्रममा अध्यक्षता प्याब्सनका अध्यक्ष दिपेन्द्र जि.सी, प्याब्सनका केन्द्रिय सदस्य गिर बहादुर भण्डारीको प्रमुख आथित्यता, प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र वर्माको विशेष आथित्यता सहित जिल्लाभरका निजी विद्यालयका विद्यार्थी, शिक्षक , अभिभावक, विभिन्न राजनितिक दलका प्रतिनिधी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...