News Portal

रेडियो सुन्नुहोस्

दम्ती सबस्टेशनको काम पुन : सुचारु

झुलेनी पाेष्ट२०७९ भदौ १०, प्यूठान
३३४ पटक
२०७९ भदौ १०, प्यूठान

दम्ती सबस्टेशनको काम पुनःसुचारु गरिएको छ । विगत ५ वर्ष देखी अलपत्र अवस्थामा रहेको प्युठान नगरपालिका ८ धर्मावतीमा रहेको ३ एमभिए क्षमताको दम्ती सबस्टेशनको काम पुनह् विहिवार देखी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिरकण प्यूठानका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए ।

सबस्टेशनको काम सुचारु भएसगैँ हिजो साझदेखी झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिका क्षेत्रमा विद्युत प्रशारण लाईन सेवा पुगिसकेको प्रमुख दासले बताए ।

नौबहिनी गाउँपालिका क्षेत्रमा भने शनिबार साझदेखी विद्युत सेवा वितरण गर्ने गरी काम भईरहेको दासको भनाई छ । १४ करोड लगानीमा निमार्ण गरिएको उक्त सबस्टेशनको काम कम्पनीले समयमै नगर्दा जिल्लाका नागरिकहरु प्रभावित भएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसगँको पटकपटकको छलफल तथा माग पछि सबस्टेशन संचालन गर्न सफल भएको प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्माले बताए ।

सबस्टेशनको काम पुनह् सुचारु गरिएसँगै वेलवेलामा विद्युत आउनेजाने समस्या हट्ने विश्वास लिइएको छ । सबस्टेशन काम सम्पन्न भए लगत्तै जिल्लाका करिब ३५ हजार घरपरिवार लाभाविंत हुनेछन् ।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...