News Portal

रेडियो सुन्नुहोस्

दम्ती सबस्टेशनको काम पुन : सुचारु

झुलेनी पाेष्ट२०७९ भदौ १०, प्यूठान
८०२ पटक
२०७९ भदौ १०, प्यूठान

दम्ती सबस्टेशनको काम पुनःसुचारु गरिएको छ । विगत ५ वर्ष देखी अलपत्र अवस्थामा रहेको प्युठान नगरपालिका ८ धर्मावतीमा रहेको ३ एमभिए क्षमताको दम्ती सबस्टेशनको काम पुनह् विहिवार देखी संचालनमा ल्याइएको नेपाल विद्युत प्राधिरकण प्यूठानका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए ।

सबस्टेशनको काम सुचारु भएसगैँ हिजो साझदेखी झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिका क्षेत्रमा विद्युत प्रशारण लाईन सेवा पुगिसकेको प्रमुख दासले बताए ।

नौबहिनी गाउँपालिका क्षेत्रमा भने शनिबार साझदेखी विद्युत सेवा वितरण गर्ने गरी काम भईरहेको दासको भनाई छ । १४ करोड लगानीमा निमार्ण गरिएको उक्त सबस्टेशनको काम कम्पनीले समयमै नगर्दा जिल्लाका नागरिकहरु प्रभावित भएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसगँको पटकपटकको छलफल तथा माग पछि सबस्टेशन संचालन गर्न सफल भएको प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्माले बताए ।

सबस्टेशनको काम पुनह् सुचारु गरिएसँगै वेलवेलामा विद्युत आउनेजाने समस्या हट्ने विश्वास लिइएको छ । सबस्टेशन काम सम्पन्न भए लगत्तै जिल्लाका करिब ३५ हजार घरपरिवार लाभाविंत हुनेछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...