News Portal

रेडियो सुन्नुहोस्

बाग्मतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल नियुक्त

झुलेनी पोष्ट२५ पुष २०७९
४३४ पटक
२५ पुष २०७९

 

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखबाट पाएको समयसीमा सकिनुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमालेका २७, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीसहित ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको छ । एक सय १० सदस्यीय प्रदेशसभा सदस्य रहेको बाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।
बाग्मतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमालेले पाएको छ । बाग्मतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।अहिले नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बाग्मती प्रदेशको चौँथो मुख्यमन्त्री बनेका छन् । यस प्रदेशमा नेकपा एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछि पहिलो चरणमा भने माओवादीले यसको नेतृत्व गर्ने सहमती भएको छ ।
अहिले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । २०७४ को निर्वाचनमा धादिङ क्षेत्र नम्बर– १ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...