News Portal

रेडियो सुन्नुहोस्

बाग्मतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल नियुक्त

झुलेनी पोष्ट२५ पुष २०७९
८७९ पटक
२५ पुष २०७९

 

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखबाट पाएको समयसीमा सकिनुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमालेका २७, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीसहित ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको छ । एक सय १० सदस्यीय प्रदेशसभा सदस्य रहेको बाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।
बाग्मतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमालेले पाएको छ । बाग्मतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।अहिले नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बाग्मती प्रदेशको चौँथो मुख्यमन्त्री बनेका छन् । यस प्रदेशमा नेकपा एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछि पहिलो चरणमा भने माओवादीले यसको नेतृत्व गर्ने सहमती भएको छ ।
अहिले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । २०७४ को निर्वाचनमा धादिङ क्षेत्र नम्बर– १ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...