News Portal

रेडियो सुन्नुहोस्

आहा ! चित्रकलीको अल्लोको टोपी

बिबश जि एम०५ फागुन २०७९
९७८ पटक
०५ फागुन २०७९

बिहिबारबाट प्यूठानमा चलेको महोत्सवमा अल्लो कपडा उद्योगको स्टल राखेर बसेकी छन् नौबहिनी–१,स्याउँलीबाङकी ५५ वर्षीय चित्रकली बुढामगर । श्रीमान खिमबहादुर र अन्य कपडा बुन्ने, सिलाउने कामदार सहित बसेकी बुढाको पसलमा चिनेकाहरु आएर अल्लोका टोपी किन्नेहरु उत्तिकै थिए । अल्लोबाट बुनेका टोपी, कोट, व्यागलगायत कपडा बुन्ने तरिका हेर्नेको पनि भिडनै छ ।
सरकार र ग्रहाकको मायाले आफूलाई अल्लो व्यवसायमा लाग्न थप हौसला मिल्दै गएको बुढाले कुराकानीमा बताइन् । २० वर्ष अघिसम्म उनले जिल्लाकै दुर्गम गाउँ स्याउँलीबाङमा परम्परागतरुपमा भांग्रो(अल्लोको कपडा) बनाउथिन् । कपडा बनाउन उनलाई आमाले सिकाएकी थिइन् ।
अल्लो सिस्नो प्रजातिको वनस्पति हो । उनले गाई÷बाख्रा चराउन लग्दा जंगलबाट त्यही सिस्नोको धागो निकालेर लिन्थिन । जागर लगाएर परिवारलाई चाहिने कपडा बनाउथिन् । त्यो बेलासम्म उनलाई जिल्लामा कसैले चिन्दैनथे ।

अहिले त्यहि सुरुको सिपले उनलाई अल्लो कपडा व्यवसायी बनाएको छ । देशभर अल्लो अभियान्ताकोरुपमा चिनाएको छ । दर्जनौ पुरस्कार दिलाएको ।
चित्रकलीले २० वर्षअघि १० हजार रुपैयाँ लगानीबाट नौबहिनी–६, बाहाने बजारमा अल्लो व्यवसाय थालेकी थिइन् ।

गाउँमा खेर जाने सिस्नो उपयोग गरेर आम्दानी गर्न सकिन्छ भन्ने उनलाई थिएन । पछि व्यावसायिक महत्त्व जिल्ला लघुउद्यम विकास कार्यक्रमले बुझाएको बताइन ।

‘काम गर्दै गएपछि अल्लोबाट उत्पादित सामानको माग बढ्दै गयो,’उनले भनिन्, ‘मलाई अहिले अल्लोले चिनाएको छ ।’ अल्लोका पोसाकको माग बढ्दै गएपछि उनले अल्लो उद्योगमा लगानी पनि बढाएकी छन् । बाहनेबाट जिल्लाको व्यापारीक केन्द्र बाग्दुलामा समेत अल्लो उद्योगको बिस्तार गरेकी छन् ।

उनको उद्योगमा ढेड दर्जन बढी कामदार संलग्न छन् । चित्रकली अल्लो कपडा बिक्री गर्न मेला–महोत्सवसमेत धाउछीन् ।
श्रीमान जिल्लामा ठूला कार्यक्रम जहाँ हुन्छ त्यही अल्लोको टोपी लगेर बिक्री गर्न पुगीहाल्छन् । महोत्सवको स्टलमा अल्लोको कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला, पर्सलगायत सामान राखेकी छन् ।

जिल्लामा आउने पाहुनालाई मायाको चिनो चित्रकलीको उद्योगमा बनेको अल्लोको सामाननै हुने गरेको छ । प्यूठानको स्याउँलीवाङ, लिघा, अर्खा, लुङ, रजवारा, ओखरकोट, डाम्री, जुम्रीकाँढा क्षेत्रमा अल्लो पाइन्छ । यही अल्लोलेनै चित्रकलीको अल्लो उद्योग चलेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...