News Portal

रेडियो सुन्नुहोस्

आगनमै अपाङ्ग परिचयपत्र पाउँदा खुशी

बासुदेव गिरी २०७९ प्यूठान, चैत्र ०२ गते
३३४ पटक
२०७९ प्यूठान, चैत्र ०२ गते

प्युठानको झिमरुक गाउँपालिकाले अपांग परिचयपत्र वितरणको कामलाई घर  आगनमै पुगेर दिन थालेपछि अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन् । बिहिवार गाउँपालिकाले झिमरुक गाउँपालिका ५ र ६ वडाका बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई घरमै पुगेर अपांग परिचयपत्र प्रदान गरेको हो ।

कार्यालय सम्म आउन नसक्ने अति अशक्त बृद्ध अपांगहरुलाई सहजताका लागि भनेर गाउँ आगनमै पुगेर अपांग परिचयपत्र वितरण गर्न थालिएको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । यस्ता सेवाहरुलाई गाउँटोलमा पुर्याएर स्थानीय सरकारलाई जनमैत्री बनाउने र स्थानीय सरकार जनता प्रर्ती उत्तरदायी सरकारको रुपमा स्थापित गर्न सहयोग पुग्ने उपाध्यक्ष पोख्रेलले बताए ।

आफ्नो घर आगनमै परिचयपत्र पाउँदा स्थानीय निकै खुशी भएका थिए । स्थानीय सरकारले परिचयपत्र संगै बृद्ध भत्ता समेत गाउँमै लिएर दिए हामी जस्ता बृद्धवृद्धाहरुलाई सजिलो हुने एक वृद्धले गुनासो सुनाए ।

झिमरुक गाउँपालिका ५ तारेभिरका माधब रोका र विष्णु बहादुर रोका क्रमश ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् भने त्यस्तै झिमरुक ६ मर्कावाङ, लेख, धगे, बस्ने टिकाराम पुन, लाल बहादुर पुनले ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेको महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेलले जानकारी दिए ।

यो परिचयपत्र वितरण कार्य नियमित चल्ने कार्यक्रम भएकोले रित पुर्याएर वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको पालिकाले जनाएको छ । परिचयपत्र वितरणमा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल वडा ६ र ५ का अध्यक्ष धन बहादुर पुन र दधिराम पोख्रेल महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेल जनप्रतिनिधि कर्मचारी स्थानीय बासी लगाएको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...