News Portal

रेडियो सुन्नुहोस्

आगनमै अपाङ्ग परिचयपत्र पाउँदा खुशी

बासुदेव गिरी २०७९ प्यूठान, चैत्र ०२ गते
७९९ पटक
२०७९ प्यूठान, चैत्र ०२ गते

प्युठानको झिमरुक गाउँपालिकाले अपांग परिचयपत्र वितरणको कामलाई घर  आगनमै पुगेर दिन थालेपछि अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन् । बिहिवार गाउँपालिकाले झिमरुक गाउँपालिका ५ र ६ वडाका बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई घरमै पुगेर अपांग परिचयपत्र प्रदान गरेको हो ।

कार्यालय सम्म आउन नसक्ने अति अशक्त बृद्ध अपांगहरुलाई सहजताका लागि भनेर गाउँ आगनमै पुगेर अपांग परिचयपत्र वितरण गर्न थालिएको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । यस्ता सेवाहरुलाई गाउँटोलमा पुर्याएर स्थानीय सरकारलाई जनमैत्री बनाउने र स्थानीय सरकार जनता प्रर्ती उत्तरदायी सरकारको रुपमा स्थापित गर्न सहयोग पुग्ने उपाध्यक्ष पोख्रेलले बताए ।

आफ्नो घर आगनमै परिचयपत्र पाउँदा स्थानीय निकै खुशी भएका थिए । स्थानीय सरकारले परिचयपत्र संगै बृद्ध भत्ता समेत गाउँमै लिएर दिए हामी जस्ता बृद्धवृद्धाहरुलाई सजिलो हुने एक वृद्धले गुनासो सुनाए ।

झिमरुक गाउँपालिका ५ तारेभिरका माधब रोका र विष्णु बहादुर रोका क्रमश ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् भने त्यस्तै झिमरुक ६ मर्कावाङ, लेख, धगे, बस्ने टिकाराम पुन, लाल बहादुर पुनले ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेको महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेलले जानकारी दिए ।

यो परिचयपत्र वितरण कार्य नियमित चल्ने कार्यक्रम भएकोले रित पुर्याएर वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको पालिकाले जनाएको छ । परिचयपत्र वितरणमा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल वडा ६ र ५ का अध्यक्ष धन बहादुर पुन र दधिराम पोख्रेल महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेल जनप्रतिनिधि कर्मचारी स्थानीय बासी लगाएको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...