News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा उपाध्यक्षहरुको जमघट

झुलेनी नेटवर्क २०८० जेठ ७
२०५ पटक
२०८० जेठ ७

न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ ।

भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले स्थानीय तहबाट प्रदान गरिने न्याय सम्पादनको काममा एकरुपता कायम गर्ने उदेश्यले भेला आयोजना गरिएको बताए ।

न्यायिक समितिका कामकारबाहि तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीबीच सिकाइ आदान प्रदान गर्नुपर्ने भएकाले एकै स्थानमा भेला भएर सिकाइ आदानप्रदान गरिएको पोख्रेलले बताए ।

बजार अनुगमन, यातायात, मल, बीउ लगाएतका बिषयमा जिल्लाभरनै एकरुपता बनाउन सकिने प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले बताए ।

स्थानीयको मुद्दामा मेलमिलापको बातावरण सृजना गर्न स्थानीय न्यायीक समितिले न्यायीक निरुपणको काम गर्दै आएको उनले बताए ।

कर्मचारी अभाव, अधिकार क्षेत्र लगाएको समस्याले न्यायीक प्रभावित भइरहेको उनको भनाइ थियो ।

उपमेयर र उपाध्यक्षको मुख्य दायित्व न्याय निरुपण गर्ने र अनुगम गर्ने भएकोले जिम्मेवार भएर परिणाममुखी काम गर्न सबैले प्रतिबद्धता समेत गरेका छन् ।

जिल्लामा स्थानीय तहले बनाएको कार्यबिधि अनुसार न्यायिक कार्य हुँदै आएका छन् ।

भौतिक पूर्वाधार योजनाको अनुगमन गर्दा कम्तिमा बिज्ञहरु सँग परामर्श गरेर अगाडि बढेमा कामको शुद्धता परीक्षण गर्न सके गुणस्तर गर्न सकिने उनीहरुको भनाइ थियो ।

मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ, स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना, ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, माण्डबी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी,गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर राना भेलामा सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...