News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा उपाध्यक्षहरुको जमघट

झुलेनी नेटवर्क २०८० जेठ ७
७८४ पटक
२०८० जेठ ७

न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ ।

भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले स्थानीय तहबाट प्रदान गरिने न्याय सम्पादनको काममा एकरुपता कायम गर्ने उदेश्यले भेला आयोजना गरिएको बताए ।

न्यायिक समितिका कामकारबाहि तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीबीच सिकाइ आदान प्रदान गर्नुपर्ने भएकाले एकै स्थानमा भेला भएर सिकाइ आदानप्रदान गरिएको पोख्रेलले बताए ।

बजार अनुगमन, यातायात, मल, बीउ लगाएतका बिषयमा जिल्लाभरनै एकरुपता बनाउन सकिने प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले बताए ।

स्थानीयको मुद्दामा मेलमिलापको बातावरण सृजना गर्न स्थानीय न्यायीक समितिले न्यायीक निरुपणको काम गर्दै आएको उनले बताए ।

कर्मचारी अभाव, अधिकार क्षेत्र लगाएको समस्याले न्यायीक प्रभावित भइरहेको उनको भनाइ थियो ।

उपमेयर र उपाध्यक्षको मुख्य दायित्व न्याय निरुपण गर्ने र अनुगम गर्ने भएकोले जिम्मेवार भएर परिणाममुखी काम गर्न सबैले प्रतिबद्धता समेत गरेका छन् ।

जिल्लामा स्थानीय तहले बनाएको कार्यबिधि अनुसार न्यायिक कार्य हुँदै आएका छन् ।

भौतिक पूर्वाधार योजनाको अनुगमन गर्दा कम्तिमा बिज्ञहरु सँग परामर्श गरेर अगाडि बढेमा कामको शुद्धता परीक्षण गर्न सके गुणस्तर गर्न सकिने उनीहरुको भनाइ थियो ।

मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ, स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना, ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, माण्डबी गाउँपालिकाका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी,गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर राना भेलामा सहभागी थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...