News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

झुलेनी पोष्ट२०८० जेठ १५
८७१ पटक
२०८० जेठ १५

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने मानिसको पहुँच छैन । त्यसैले लाखौ रुपैयाँ पर्ने सम्पत्ति बेहाल अवस्थामा छन् । तर, तस्बिरले झल्काउने कथा भन्दा यथार्थ बेग्लै छ । यो प्यूठान नगरपालिका–३, स्थित जिल्लाको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यामिक विद्यालय राटामाटाको कम्यूटर ल्याव हो ।

जुन विद्यालयमा प्राविधिक, साधारण र अन्य कर्मचारी गरि ४५ जनाभन्दा बढि कर्मचारी छन् । राज्यको लाखांंै रुपैयां खर्च गरेर निर्माण गरिएको कम्प्युटर ल्याव जोगाउनमा उनिहरुको नजर परेको देखिदैन । मुख्य त विद्यालय प्रशासनको चरम लापर्बाहिले गर्दा लाखौ रुपैयाँ खर्चेको सामाग्री काम नलाग्ने अवस्थमा पुगेका छन् ।

प्राविधिक धारका विद्यार्थीलाइ प्रयोगशाला बनाउन भनेर विभिन्न चरणमा गरि भण्डै ६८ लाख रुपैयाँ खर्च गरिएको विद्यालयको कागजातबाट खुल्छ । लाखौं रुपैया खर्चेर बनाएको ल्याव विद्यालय प्रशासनको लापर्बाहिले गर्र्दा बेहाल अवस्थमा पुगेको हो । ल्यावमा रहेका २४ वटा कम्प्युटर, स्मार्टबोर्ड लगायत सामाग्री बेवारिसे बनेका छन् ।

कम्प्युटर टेवलहरु धमिराले सत्यानास बनाएको छ । तारहरु मुसाले चुडालेर टुक्रा टुक्रा बनेका छन् । झण्डै एक वर्षदेखि ढोकै नखोलिएका कारणले ढुँसि लागेर कार्पेट थाङ्ग्रो बनेको छ । कोठा ठुसठुस्ति गनाउने भएको छ । विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन गर्न भनेर २०७३ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत बजेट आएको थियो ।

त्यसपछि तत्कालीन प्रधानाक्यापक योगेन्द्रबहादुर जि.सी. संयोजक बनेको खरिद समितिले ल्याव निर्माण गरेको थियो । खरिद समितिका सदस्यहरु दधिराम सुबेदी र विष्णु पुन थिए । भर्खरै २०७९ चैत्र २४ गते अवकास भएका प्र.अ. योगेन्द्रबहादुर जिसीले आफै खरिद समितिको संयोजक बनेर निर्माण गरिएको ल्यावको अवस्थमा हेर्दा बेखबर जस्तै भएको छ ।

हिजोआज विद्यालयको प्रध्यानाध्यक दामोदर विष्ट छन् । आफूले प्र.अ.को जिम्मेवारी प्राप्तपछि कम्यूटर ल्यावको अवलोका गर्दा बेवारिसे अवस्थमा रहेको देख्दा दुःख लागेको बताए । हिजोआज प्राविधिक धारका विद्यार्थीलाई एनसेल कम्पनीले सहयोग गरेर निर्माण गरिएको कम्यूटर ल्यावमा प्राविधिक धारका विद्यार्थीलाई पठन–पाठन गराइदै आएको बताए ।

विद्यालय प्रशासनले उपलब्ध गराएको सूचना अनुसार कम्यूटर पठन–पाठन गराउने भनेर विद्यार्थी बाट समेत शुल्क लिइदै आएको छ । प्रति विद्यार्थी कक्षा ६ लाई ६०, कक्षा ७ लाई ७०, कक्षा ८ लाइ ८०, कक्षा ९ लाइ ९० र कक्षा १० लाई १०० रुपैयाँ मासिक शुल्क लिने गरिएको छ । तर विद्यार्थीलाई कम्यूटर कक्षामा लगेर सिकाउने गरिएको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...