News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

झुलेनी पोष्ट२०८० जेठ १५
१०६७ पटक
२०८० जेठ १५

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने मानिसको पहुँच छैन । त्यसैले लाखौ रुपैयाँ पर्ने सम्पत्ति बेहाल अवस्थामा छन् । तर, तस्बिरले झल्काउने कथा भन्दा यथार्थ बेग्लै छ । यो प्यूठान नगरपालिका–३, स्थित जिल्लाको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यामिक विद्यालय राटामाटाको कम्यूटर ल्याव हो ।

जुन विद्यालयमा प्राविधिक, साधारण र अन्य कर्मचारी गरि ४५ जनाभन्दा बढि कर्मचारी छन् । राज्यको लाखांंै रुपैयां खर्च गरेर निर्माण गरिएको कम्प्युटर ल्याव जोगाउनमा उनिहरुको नजर परेको देखिदैन । मुख्य त विद्यालय प्रशासनको चरम लापर्बाहिले गर्दा लाखौ रुपैयाँ खर्चेको सामाग्री काम नलाग्ने अवस्थमा पुगेका छन् ।

प्राविधिक धारका विद्यार्थीलाइ प्रयोगशाला बनाउन भनेर विभिन्न चरणमा गरि भण्डै ६८ लाख रुपैयाँ खर्च गरिएको विद्यालयको कागजातबाट खुल्छ । लाखौं रुपैया खर्चेर बनाएको ल्याव विद्यालय प्रशासनको लापर्बाहिले गर्र्दा बेहाल अवस्थमा पुगेको हो । ल्यावमा रहेका २४ वटा कम्प्युटर, स्मार्टबोर्ड लगायत सामाग्री बेवारिसे बनेका छन् ।

कम्प्युटर टेवलहरु धमिराले सत्यानास बनाएको छ । तारहरु मुसाले चुडालेर टुक्रा टुक्रा बनेका छन् । झण्डै एक वर्षदेखि ढोकै नखोलिएका कारणले ढुँसि लागेर कार्पेट थाङ्ग्रो बनेको छ । कोठा ठुसठुस्ति गनाउने भएको छ । विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन गर्न भनेर २०७३ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत बजेट आएको थियो ।

त्यसपछि तत्कालीन प्रधानाक्यापक योगेन्द्रबहादुर जि.सी. संयोजक बनेको खरिद समितिले ल्याव निर्माण गरेको थियो । खरिद समितिका सदस्यहरु दधिराम सुबेदी र विष्णु पुन थिए । भर्खरै २०७९ चैत्र २४ गते अवकास भएका प्र.अ. योगेन्द्रबहादुर जिसीले आफै खरिद समितिको संयोजक बनेर निर्माण गरिएको ल्यावको अवस्थमा हेर्दा बेखबर जस्तै भएको छ ।

हिजोआज विद्यालयको प्रध्यानाध्यक दामोदर विष्ट छन् । आफूले प्र.अ.को जिम्मेवारी प्राप्तपछि कम्यूटर ल्यावको अवलोका गर्दा बेवारिसे अवस्थमा रहेको देख्दा दुःख लागेको बताए । हिजोआज प्राविधिक धारका विद्यार्थीलाई एनसेल कम्पनीले सहयोग गरेर निर्माण गरिएको कम्यूटर ल्यावमा प्राविधिक धारका विद्यार्थीलाई पठन–पाठन गराइदै आएको बताए ।

विद्यालय प्रशासनले उपलब्ध गराएको सूचना अनुसार कम्यूटर पठन–पाठन गराउने भनेर विद्यार्थी बाट समेत शुल्क लिइदै आएको छ । प्रति विद्यार्थी कक्षा ६ लाई ६०, कक्षा ७ लाई ७०, कक्षा ८ लाइ ८०, कक्षा ९ लाइ ९० र कक्षा १० लाई १०० रुपैयाँ मासिक शुल्क लिने गरिएको छ । तर विद्यार्थीलाई कम्यूटर कक्षामा लगेर सिकाउने गरिएको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...