News Portal

रेडियो सुन्नुहोस्

जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गछौः सांसद गिरी

बिबश जि.एम२०८० जेठ २०
८१४ पटक
२०८० जेठ २०

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननिय प्रदेश सभा सदस्य निमा गिरीले जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गर्ने बताईन । शनिबार नेपाली कांग्रेस गौमुखी गाउँपालिकाको प्रथम सम्मेलनमा बोल्दै सहमहामन्त्री तथा प्रदेश सभा सदस्य गिरिले यस्तो बताएकी हुन् ।

गिरिले जनताले चाहेजस्तो विकासका कामहरुमा आफु व्यापक रुमा लागि पर्ने र जनताका ती आशा भरोसाहरुलाई टुट्न नदिने प्रतिवद्धता समेत व्यक्त गरिन ।

साथै उनले अहिले आएको नयाँ पार्टीले त्यस्तो कुनै असर नगर्ने बताउदै नेपाली कांग्रेसका कार्यकताहरु आ–आफ्ना ठाउँबाट सक्रियरुपमा लाग्न आग्रह गरेकी छिन् ।

त्यस्तै जिल्ला सभापति तथा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जनताले चाहेजस्तो विकासका काममा लागि परिरहेको बताए । जो कोही राजनितिक दलका कार्यकर्ता भए पनि जनतामा सधै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्कता रहेको उनले बताएका हुन् ।

सम्मेलन कार्यक्रममा आर्थिक प्रतिवेदन गौमुखी गाउँपालिकाका नेपाली कांग्रेस कोषाध्यक्ष भुमा गिरी र सागंठनिक तथा राजनैतिक प्रतिवेदन गौमुखी गाउँपालिका सभापति मधुराम के.सीले पेश गरेका थिए ।

गौमुखी गाउँपालिका सभापति मधुराम के.सीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष दिपक के.सी, जिल्ला प्रवक्ता चन्द्र बहादुर रोका लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिका नेपाली कांग्रेस सचिव जोगिन्द्र मल्लले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...