News Portal

रेडियो सुन्नुहोस्

जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गछौः सांसद गिरी

बिबश जि.एम२०८० जेठ २०
६९३ पटक
२०८० जेठ २०

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननिय प्रदेश सभा सदस्य निमा गिरीले जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गर्ने बताईन । शनिबार नेपाली कांग्रेस गौमुखी गाउँपालिकाको प्रथम सम्मेलनमा बोल्दै सहमहामन्त्री तथा प्रदेश सभा सदस्य गिरिले यस्तो बताएकी हुन् ।

गिरिले जनताले चाहेजस्तो विकासका कामहरुमा आफु व्यापक रुमा लागि पर्ने र जनताका ती आशा भरोसाहरुलाई टुट्न नदिने प्रतिवद्धता समेत व्यक्त गरिन ।

साथै उनले अहिले आएको नयाँ पार्टीले त्यस्तो कुनै असर नगर्ने बताउदै नेपाली कांग्रेसका कार्यकताहरु आ–आफ्ना ठाउँबाट सक्रियरुपमा लाग्न आग्रह गरेकी छिन् ।

त्यस्तै जिल्ला सभापति तथा गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जनताले चाहेजस्तो विकासका काममा लागि परिरहेको बताए । जो कोही राजनितिक दलका कार्यकर्ता भए पनि जनतामा सधै सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्कता रहेको उनले बताएका हुन् ।

सम्मेलन कार्यक्रममा आर्थिक प्रतिवेदन गौमुखी गाउँपालिकाका नेपाली कांग्रेस कोषाध्यक्ष भुमा गिरी र सागंठनिक तथा राजनैतिक प्रतिवेदन गौमुखी गाउँपालिका सभापति मधुराम के.सीले पेश गरेका थिए ।

गौमुखी गाउँपालिका सभापति मधुराम के.सीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष दिपक के.सी, जिल्ला प्रवक्ता चन्द्र बहादुर रोका लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिका नेपाली कांग्रेस सचिव जोगिन्द्र मल्लले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...