News Portal

रेडियो सुन्नुहोस्

जीर्ण अवस्थामा रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने

बिबश जि.एम२०८० जेठ २१
७५२ पटक
२०८० जेठ २१

स्वर्गद्धारी नगरपालिका ५ नं स्थित जीर्ण अवस्थामा रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ ।

केन्द्र सरकारबाट सर्सत अनुदानमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि उक्त जीर्ण रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए ।

उनका अनुसार २०५४ सालमा नबनेको यो भवन काम सुरु गर्ने केही बर्ष भित्र सम्पन्न गर्ने गरि तयारी गर्ने बताए । साथै नयाँ भवन बनेपछि स्वास्थ्य क्षेत्रमा सुधार सँगै त्यहाँका कर्मचारीलाई सहज र स्थानीय जनताले पनि लाभ लिनेमा विश्वस्त रहेको पनि बताए ।

त्यस्तै वडामा अन्य भौतिक निर्माणमा जलुके धर्मशाला अमर मा.वि मालुङको लागि पक्कि बाटोलाई १ करोड ७५ लाख,बाझिपुर लिफ्ट सिँचाई तथा खानेपानी ७० लाख, नगरपालिका देखी जिम्मुरपाटा जोड्ने सडकको लागि १ करोड,स्वास्थ्य चौकी देखी बसपार्क सम्म जोड्ने बाटोको लागि ५० लाख र देउराली खानेपानीको लागि २ करोड बजेट विनियोजन भएको समेत जानकारी दिए ।

डामा यो आर्थिक बर्षमा कुल ५ करोड २७ लाख ५० हजारको बजेट प्राप्त भएको छ । ती सबै कार्यहरु निरन्तर रुपमा अगाडी बढाउदै जाने पनि अध्यक्ष घर्तिले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...