News Portal

रेडियो सुन्नुहोस्

जीर्ण अवस्थामा रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने

बिबश जि.एम२०८० जेठ २१
७८३ पटक
२०८० जेठ २१

स्वर्गद्धारी नगरपालिका ५ नं स्थित जीर्ण अवस्थामा रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ ।

केन्द्र सरकारबाट सर्सत अनुदानमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि उक्त जीर्ण रहेको सारी स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए ।

उनका अनुसार २०५४ सालमा नबनेको यो भवन काम सुरु गर्ने केही बर्ष भित्र सम्पन्न गर्ने गरि तयारी गर्ने बताए । साथै नयाँ भवन बनेपछि स्वास्थ्य क्षेत्रमा सुधार सँगै त्यहाँका कर्मचारीलाई सहज र स्थानीय जनताले पनि लाभ लिनेमा विश्वस्त रहेको पनि बताए ।

त्यस्तै वडामा अन्य भौतिक निर्माणमा जलुके धर्मशाला अमर मा.वि मालुङको लागि पक्कि बाटोलाई १ करोड ७५ लाख,बाझिपुर लिफ्ट सिँचाई तथा खानेपानी ७० लाख, नगरपालिका देखी जिम्मुरपाटा जोड्ने सडकको लागि १ करोड,स्वास्थ्य चौकी देखी बसपार्क सम्म जोड्ने बाटोको लागि ५० लाख र देउराली खानेपानीको लागि २ करोड बजेट विनियोजन भएको समेत जानकारी दिए ।

डामा यो आर्थिक बर्षमा कुल ५ करोड २७ लाख ५० हजारको बजेट प्राप्त भएको छ । ती सबै कार्यहरु निरन्तर रुपमा अगाडी बढाउदै जाने पनि अध्यक्ष घर्तिले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...