News Portal

रेडियो सुन्नुहोस्

बिदेश छोडेर गाउँमै उद्यम : वार्षिक लाखौ कमाउँछन् गौतम

हेमन्त पाठक ,प्युठान२०८० जेठ २३
७४० पटक
२०८० जेठ २३

यहाँका दामप्रसाद गौतमले गाउँमै उद्यम गरेर लाखौ कमाउँदै आएका छन् । प्युठान नगरपालिका ४, का ३८ बर्षिय गौतमले मसला उद्योगबाट मनग्य आम्दानी गरेका हुन् ।

करिव ९ वर्ष खाडि मुलुकमा बिताएका उनले स्वदेशमै काम गर्ने उद्धेश्यले झिमरुक घरेलु तथा मसला उद्योग संचालन गर्दै आएका छन् । बिदेशमा लामो समय बस्दा सोचे जस्तो कमाई नभएको देखेपछि गौतम गाउँ फर्केका हुन् ।

सुरुमा ३ लाख लगानी बाट सञ्चालन गरेको उद्योगमा अहिले करिब १० लाखको हाराहारीमा लगानी लगाएका छन् । अहिले उद्योगबाट उनले बार्षिक ४ लाख भन्दा बढि आम्दानी गर्दै आएका छन् ।

यहि उद्योगको कमाईबाट गौतमको ५ जनाको परिवार चलिरहेको छ ।

उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थबाट बेसार, मसला, जीरा, धनिया, दालचिनी, सुक्मेल, लोवङ, ठुलोईलाची, मरिच, अदुवाको सुठो, टिमुर, स्टार्ट लागाएतबाट मसला उत्पादन हुदै आएको छ ।

जिल्लामा प्रयाप्त मात्रामा कच्चा पदार्थ नपाउँदा अँझै सोचेजस्तै गरी उद्योग फस्टाउन कठिनाई भएको गौतमले बताए । जिल्ला बाहिरबाट कच्चा पदार्थ खरिद गर्नुपर्दा ढुवानी सहित मसला समेत महंगो पर्न जाने उनको भनाइ छ ।

गाउँमै स्थापना गरिएको उद्योगलाई सरकारले अनुदान कार्यक्रमका निती ल्याएपनि आफूजस्ता उद्यमीले अनुदान नपाउँदा दुख लागेको बताए । सानो लगानीबाट सुरु गरेका उद्यमीलाई स्थानीय सरकारले समेत प्रोत्साहन नदिएको उनको भनाई छ ।

भान्सामा सबैभन्दा बढि मसला प्रयोग हुने गरेकोले जिल्लामै मसलामा आत्मनिर्भर बनाउनका लागि स्थानीय र प्रदेश सरकारले युवाहरुलाई प्रोत्साहनका लागि बिना धितो ऋण लगानी गरे धेरै युवा स्वरोजगार बन्ने गौतमले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...