News Portal

रेडियो सुन्नुहोस्

बिदेश छोडेर गाउँमै उद्यम : वार्षिक लाखौ कमाउँछन् गौतम

हेमन्त पाठक ,प्युठान२०८० जेठ २३
६८७ पटक
२०८० जेठ २३

यहाँका दामप्रसाद गौतमले गाउँमै उद्यम गरेर लाखौ कमाउँदै आएका छन् । प्युठान नगरपालिका ४, का ३८ बर्षिय गौतमले मसला उद्योगबाट मनग्य आम्दानी गरेका हुन् ।

करिव ९ वर्ष खाडि मुलुकमा बिताएका उनले स्वदेशमै काम गर्ने उद्धेश्यले झिमरुक घरेलु तथा मसला उद्योग संचालन गर्दै आएका छन् । बिदेशमा लामो समय बस्दा सोचे जस्तो कमाई नभएको देखेपछि गौतम गाउँ फर्केका हुन् ।

सुरुमा ३ लाख लगानी बाट सञ्चालन गरेको उद्योगमा अहिले करिब १० लाखको हाराहारीमा लगानी लगाएका छन् । अहिले उद्योगबाट उनले बार्षिक ४ लाख भन्दा बढि आम्दानी गर्दै आएका छन् ।

यहि उद्योगको कमाईबाट गौतमको ५ जनाको परिवार चलिरहेको छ ।

उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थबाट बेसार, मसला, जीरा, धनिया, दालचिनी, सुक्मेल, लोवङ, ठुलोईलाची, मरिच, अदुवाको सुठो, टिमुर, स्टार्ट लागाएतबाट मसला उत्पादन हुदै आएको छ ।

जिल्लामा प्रयाप्त मात्रामा कच्चा पदार्थ नपाउँदा अँझै सोचेजस्तै गरी उद्योग फस्टाउन कठिनाई भएको गौतमले बताए । जिल्ला बाहिरबाट कच्चा पदार्थ खरिद गर्नुपर्दा ढुवानी सहित मसला समेत महंगो पर्न जाने उनको भनाइ छ ।

गाउँमै स्थापना गरिएको उद्योगलाई सरकारले अनुदान कार्यक्रमका निती ल्याएपनि आफूजस्ता उद्यमीले अनुदान नपाउँदा दुख लागेको बताए । सानो लगानीबाट सुरु गरेका उद्यमीलाई स्थानीय सरकारले समेत प्रोत्साहन नदिएको उनको भनाई छ ।

भान्सामा सबैभन्दा बढि मसला प्रयोग हुने गरेकोले जिल्लामै मसलामा आत्मनिर्भर बनाउनका लागि स्थानीय र प्रदेश सरकारले युवाहरुलाई प्रोत्साहनका लागि बिना धितो ऋण लगानी गरे धेरै युवा स्वरोजगार बन्ने गौतमले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...