News Portal

रेडियो सुन्नुहोस्

साधनाले आफ्नो जन्मोत्सव किड्नी पिडितलाई सहयोग गरेर मनाईन

बोम बहादुर परियार२०८० असार २८
७०८ पटक
२०८० असार २८

सरुमारानी गाउँपालिका ३ हंसपुर स्वास्थ चौकी ल्याबमा कार्यरत कर्मचारी साधना केसिले आफ्नो जन्मदिन किड्नी पिडितलाई आर्थिक सहयोग गरेर मनाएकी छिन ।
पछिल्लो समय मानिसहरु जन्मोत्सवमा फजुल खर्च र खान पान गरि मनाउने प्रचलन बढ्दो छ । तर साधनाले बिहिबार प्युठान नगरपालिका ४ बिजुवार गाजुरिका २९ वर्षिय किड्नी पिडित राजकुमार नेपालिको उपचारको लागि ३ हजार एक सय दश रुपैया राजकुमारकि आमा लक्ष्मी नेपालिलाई हस्तान्तरण गरेकी हुन ।
साधना अहिले २२ बर्ष पुरा भई २३ बर्षमा प्रबेस गरेको बताईन ।
आफुले कमाएको पैसाबाट केही रकम गरिब बिरामिलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी मिल्ने उनी बताउछिन ।
राज कुमार नेपाली अहिले आफ्नो उपचारको लागि बुबासङ्ग दिल्लि गएका छन । २०७९ साल पौष महिनादेखी उनको दुबै किड्नीमा समस्या देखिएको थियो । विभिन्न संघ सस्था र आफन्तको सहयोगमा उनलाई उपचार गराउन दिल्ली लगिएको उनकी आमाले बताईन ।
राजकुमारको परिवारले अहिले पनि सहयोगको याचना गरिरहेका छन । राजकुमारको एउटा श्रीमति एउटा छोरा र अर्को छोरी रहेका छन । परिवारले आशा गर्ने ब्याक्ती लाई नै यति ठूलो रोग लागेपछी अहिले परिवारमा निराशा उत्पन्न भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...