News Portal

रेडियो सुन्नुहोस्

साधनाले आफ्नो जन्मोत्सव किड्नी पिडितलाई सहयोग गरेर मनाईन

बोम बहादुर परियार२०८० असार २८
९७० पटक
२०८० असार २८

सरुमारानी गाउँपालिका ३ हंसपुर स्वास्थ चौकी ल्याबमा कार्यरत कर्मचारी साधना केसिले आफ्नो जन्मदिन किड्नी पिडितलाई आर्थिक सहयोग गरेर मनाएकी छिन ।
पछिल्लो समय मानिसहरु जन्मोत्सवमा फजुल खर्च र खान पान गरि मनाउने प्रचलन बढ्दो छ । तर साधनाले बिहिबार प्युठान नगरपालिका ४ बिजुवार गाजुरिका २९ वर्षिय किड्नी पिडित राजकुमार नेपालिको उपचारको लागि ३ हजार एक सय दश रुपैया राजकुमारकि आमा लक्ष्मी नेपालिलाई हस्तान्तरण गरेकी हुन ।
साधना अहिले २२ बर्ष पुरा भई २३ बर्षमा प्रबेस गरेको बताईन ।
आफुले कमाएको पैसाबाट केही रकम गरिब बिरामिलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी मिल्ने उनी बताउछिन ।
राज कुमार नेपाली अहिले आफ्नो उपचारको लागि बुबासङ्ग दिल्लि गएका छन । २०७९ साल पौष महिनादेखी उनको दुबै किड्नीमा समस्या देखिएको थियो । विभिन्न संघ सस्था र आफन्तको सहयोगमा उनलाई उपचार गराउन दिल्ली लगिएको उनकी आमाले बताईन ।
राजकुमारको परिवारले अहिले पनि सहयोगको याचना गरिरहेका छन । राजकुमारको एउटा श्रीमति एउटा छोरा र अर्को छोरी रहेका छन । परिवारले आशा गर्ने ब्याक्ती लाई नै यति ठूलो रोग लागेपछी अहिले परिवारमा निराशा उत्पन्न भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...