News Portal

रेडियो सुन्नुहोस्

हरीयो महिना साउन, १५ मा खीरखाने दिन

झुलेनी नेटवर्क२०८० श्रावण १५
२५८ पटक
२०८० श्रावण १५

आज साउन १५ गते नेपाली समाजमा खीर खाने दिन । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको अघिल्ला पुस्ताहरु बताउँछन् । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ । यो महिनामा हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ...

फोनिज प्यूठानको अधिवेशन शनिवार हुने

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी...

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक अन्तरक्रिया जुम्रीमा

प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४...

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानीको अधिवेशन सम्पन्न

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार चुजाठाटिमा सम्पन्न...

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया

आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना,...