News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो

 बोम बहादुर परियार २०८० श्रावण ३०
८५७ पटक
२०८० श्रावण ३०

प्यूठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क अनुसार हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ ।

पछिल्लो ३ बर्षमा प्रत्येक बर्ष १७ जनाको दरले एच. आई. भी संक्रमितको संख्यामा बृद्धि भएको प्युठान ए.आर.टी काउन्सेलर अश्लेषा विश्वकर्माले बताइन् । उनका अनुसार प्युठानमा ए.आर.टी सेन्टर स्थापना भएदेखि हालसम्म जिल्लाको ऐरावती गाउँपालिकामा सबैभन्दा बढी ३२ जना सक्रिय संक्रमितले औषधी सेवन गरिरहेका छन् ।

त्यस्तै प्युठान नगरपालिकामा १९ जना, माण्डवी गाउँपालिकामा १६ जना,स्वर्गद्धारी नगरपालिकामा १३ जना, झिमरुक गाउँपालिकामा ११ जना, गौमुखी गाउँपालिकामा ११ जना, नौवहिनी गाउँपालिकामा ९ जना, मल्लरानी गाउँपालिकामा ७ जना र सरुमारानी गाउँपालिकामा ७ जना सक्रिय संक्रमित रहेको विश्वकर्माले बताईन । गुल्मीका ४ जना र रोल्पाको १ जना संक्रमितले समेत ए.आर.टी सेन्टर प्युठानबाटै औषधी सेवन गरेको उनको भनाई छ । २०६९ सालदेखि प्युठानमा एच.आई.भी संक्रमित आमाबाट ६ जना शिशुको जन्म भएको थियो । २ जना बच्चाको एच.आई.भी रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै ३ जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको र एकजना बच्चाको मृत्यु भएको तथ्यांङकले देखाएको छ । औषधी सेवन गर्दै आएका ६ जना संक्रमितले औषधी सेवन गर्न छोडेका छन् भने १२ जना संक्रमितलाई जिल्लाबाट बाहिर रिफर गरिएको छ । हालसम्म जिल्लामा २४ जना एच.आई.भी संक्रमितको मृत्यु भैसकेको छ भने १ सय ३० जना एच.आई.भी संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन ।

त्यस्तै १८ बर्ष भन्दा मुनिका संक्रमित बालबालिकाहरुलाई केयर एण्ड सपोर्ट कार्यक्रमले प्रत्येक महिना प्रत्येक बिरामीको खातामा एक हजार रुपैयाँ राखिदिने गरेको प्युठान प्लसका कार्यक्रम प्रमुख तपेन्द्र विश्वकर्माले जानकारी दि।  एच.आई.भी संक्रमितहरुलाई पोषण शिक्षा कार्यक्रम विश्वका कुनै पनि मुलुकमा दिने प्रचलन नभएको र नेपालमा मात्र यो कार्यक्रम रहेको भन्दै कार्यक्रम प्रमुख विश्वकर्माले भने, ‘संक्रमितहरुको लागि प्युठान प्लस दोस्रो सुरक्षित घर पनि हो । ’

स्वास्थ्य कार्यालय प्यूठानका एच.आई.भी फोकल पर्सन पुष्कल श्रेष्ठले जिल्लामा स्वास्थ्य संस्था मार्फत जन्मने शिशुमा एच.आई.भी संक्रमण नहोस भन्ने उद्देश्यले गर्भवती महिलाहरुको एच.आई.भी परिक्षण गर्ने गरेको बताए । नियमित औषधी सेवन गरेमा सामान्य मानिसजस्तै लामो समय जीवन यापन गर्न सकिने उनको भनाई छ। जिल्लामा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले पनि जिल्ला बाहिरबाट आउने नागरिकहरुको एच.आई.भी परिक्षण गरी संक्रमित देखिएमा जिल्ला अस्पतालसम्म पठाउने काम गरेको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...