News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो

 बोम बहादुर परियार २०८० श्रावण ३०
९६५ पटक
२०८० श्रावण ३०

प्यूठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क अनुसार हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ ।

पछिल्लो ३ बर्षमा प्रत्येक बर्ष १७ जनाको दरले एच. आई. भी संक्रमितको संख्यामा बृद्धि भएको प्युठान ए.आर.टी काउन्सेलर अश्लेषा विश्वकर्माले बताइन् । उनका अनुसार प्युठानमा ए.आर.टी सेन्टर स्थापना भएदेखि हालसम्म जिल्लाको ऐरावती गाउँपालिकामा सबैभन्दा बढी ३२ जना सक्रिय संक्रमितले औषधी सेवन गरिरहेका छन् ।

त्यस्तै प्युठान नगरपालिकामा १९ जना, माण्डवी गाउँपालिकामा १६ जना,स्वर्गद्धारी नगरपालिकामा १३ जना, झिमरुक गाउँपालिकामा ११ जना, गौमुखी गाउँपालिकामा ११ जना, नौवहिनी गाउँपालिकामा ९ जना, मल्लरानी गाउँपालिकामा ७ जना र सरुमारानी गाउँपालिकामा ७ जना सक्रिय संक्रमित रहेको विश्वकर्माले बताईन । गुल्मीका ४ जना र रोल्पाको १ जना संक्रमितले समेत ए.आर.टी सेन्टर प्युठानबाटै औषधी सेवन गरेको उनको भनाई छ । २०६९ सालदेखि प्युठानमा एच.आई.भी संक्रमित आमाबाट ६ जना शिशुको जन्म भएको थियो । २ जना बच्चाको एच.आई.भी रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै ३ जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको र एकजना बच्चाको मृत्यु भएको तथ्यांङकले देखाएको छ । औषधी सेवन गर्दै आएका ६ जना संक्रमितले औषधी सेवन गर्न छोडेका छन् भने १२ जना संक्रमितलाई जिल्लाबाट बाहिर रिफर गरिएको छ । हालसम्म जिल्लामा २४ जना एच.आई.भी संक्रमितको मृत्यु भैसकेको छ भने १ सय ३० जना एच.आई.भी संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन ।

त्यस्तै १८ बर्ष भन्दा मुनिका संक्रमित बालबालिकाहरुलाई केयर एण्ड सपोर्ट कार्यक्रमले प्रत्येक महिना प्रत्येक बिरामीको खातामा एक हजार रुपैयाँ राखिदिने गरेको प्युठान प्लसका कार्यक्रम प्रमुख तपेन्द्र विश्वकर्माले जानकारी दि।  एच.आई.भी संक्रमितहरुलाई पोषण शिक्षा कार्यक्रम विश्वका कुनै पनि मुलुकमा दिने प्रचलन नभएको र नेपालमा मात्र यो कार्यक्रम रहेको भन्दै कार्यक्रम प्रमुख विश्वकर्माले भने, ‘संक्रमितहरुको लागि प्युठान प्लस दोस्रो सुरक्षित घर पनि हो । ’

स्वास्थ्य कार्यालय प्यूठानका एच.आई.भी फोकल पर्सन पुष्कल श्रेष्ठले जिल्लामा स्वास्थ्य संस्था मार्फत जन्मने शिशुमा एच.आई.भी संक्रमण नहोस भन्ने उद्देश्यले गर्भवती महिलाहरुको एच.आई.भी परिक्षण गर्ने गरेको बताए । नियमित औषधी सेवन गरेमा सामान्य मानिसजस्तै लामो समय जीवन यापन गर्न सकिने उनको भनाई छ। जिल्लामा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले पनि जिल्ला बाहिरबाट आउने नागरिकहरुको एच.आई.भी परिक्षण गरी संक्रमित देखिएमा जिल्ला अस्पतालसम्म पठाउने काम गरेको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...