News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ढेड महिनामा २२ जना सर्पदंशका बिरामी

झुलेनी नेटवर्क२०८० भदौ ७
७६२ पटक
२०८० भदौ ७

प्यूठान जिल्ला अस्पताल बिजुवारमा पछिल्लो ढेड महिनामै २२ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । यस मध्ये २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने १९ जना जिल्ला अस्पतालमै उपचार गरेर फर्केका छन् ।
एक जनाको उपचारको लागि जिल्ला बाहिर रिफर गरिएकोमा बाटैमा मृत्यु भएको प्यूठान जिल्ला अस्पताल बिजुवारका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले जानकारी दिइन । प्यूठान अस्पतालका अनुसार मृत्यु हुने १ जना प्यूठान नगरपालिका ४ खमल्दीका १२ वर्षीय बालकलाई किङ कोब्राले डसेको थियो ।त्यस्तै प्यूठान नगरपालिका १ खैराका दिदीभाईलाई करेत सर्पले डसेको थियो । अन्य १७ जनालाई विष नलाग्ने सर्पले डसेर अस्पताल आएका थिए । उनीहरु निको भएर घर फर्केका हुन।

सर्पदंशका बिरामी बढेसंगै अस्पतालमै सर्पदंशको उपचार सुरु गरिएको खनालले बताईन । प्यूठान जिल्लामा सर्पदंशका बिरामी बढेसंगै भर्चुअल माध्यमबाट उपचारमा सहयोग गरेको भेरी अस्पताल बांकेका सर्पदंश विशेषज्ञ कृष्णप्रसाद आचार्यले बताए । बिषालु करेत सर्पले डसेका दिदीभाईलाई प्यूठानबाट नेपालगञ्जमा लगेर  उपचार गरेर निको भएको उनले बताए । ‘समयमै उपचार नपाएको भए दिदीभाईको नै निधन हुने थियो,’ आचार्यले भने, ‘यो केशमा प्यूठान अस्पतालका स्वास्थ्यकर्मीहरु निकै चनाखो भएकाले उपचार सम्भव भयो ।’ नेपाल सरकारको बर्तमान निति अनुसार सर्पदंशका बिरामीको उपचार सरकारी अस्पताल भन्दा बाहिर नहुने भएकाले सर्पदंशका बिरामीको उपचारमा सरकारी अस्पताल बढी गम्भिर बन्नुपर्ने आचार्य बताउँछन् । ‘किङ कोब्रा निकै विषालु सर्प हो,’उनले भने,‘समयमै एन्टिस्नेक भेनम दियो भने ठिक हुन्छ । तर, बिरामी अस्पताल आउन ढिला गर्यो। अस्पतालमा एन्टिस्नेक भेनम समयमै दिइएन भने बिरामी बचाउँन सकिदैन ।’

आचार्यका अनुसार सर्प दंशको समस्या साउन र भदौ महिनामा धेरै हुने बताए । सर्पदंशका बिरामी बचाउनको लागि स्थानीय सरकारहरुले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको आचार्यले बताए । ‘गाउँ घरमा अझै सर्पदंशका बिरामी सबैभन्दा पहिले धामी,झाँक्रीमा पुग्छन,’उनले भने,‘अस्पताल आइपुग्दा ढिला भइसकेको हुन्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...