News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ढेड महिनामा २२ जना सर्पदंशका बिरामी

झुलेनी नेटवर्क२०८० भदौ ७
६५५ पटक
२०८० भदौ ७

प्यूठान जिल्ला अस्पताल बिजुवारमा पछिल्लो ढेड महिनामै २२ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । यस मध्ये २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने १९ जना जिल्ला अस्पतालमै उपचार गरेर फर्केका छन् ।
एक जनाको उपचारको लागि जिल्ला बाहिर रिफर गरिएकोमा बाटैमा मृत्यु भएको प्यूठान जिल्ला अस्पताल बिजुवारका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले जानकारी दिइन । प्यूठान अस्पतालका अनुसार मृत्यु हुने १ जना प्यूठान नगरपालिका ४ खमल्दीका १२ वर्षीय बालकलाई किङ कोब्राले डसेको थियो ।त्यस्तै प्यूठान नगरपालिका १ खैराका दिदीभाईलाई करेत सर्पले डसेको थियो । अन्य १७ जनालाई विष नलाग्ने सर्पले डसेर अस्पताल आएका थिए । उनीहरु निको भएर घर फर्केका हुन।

सर्पदंशका बिरामी बढेसंगै अस्पतालमै सर्पदंशको उपचार सुरु गरिएको खनालले बताईन । प्यूठान जिल्लामा सर्पदंशका बिरामी बढेसंगै भर्चुअल माध्यमबाट उपचारमा सहयोग गरेको भेरी अस्पताल बांकेका सर्पदंश विशेषज्ञ कृष्णप्रसाद आचार्यले बताए । बिषालु करेत सर्पले डसेका दिदीभाईलाई प्यूठानबाट नेपालगञ्जमा लगेर  उपचार गरेर निको भएको उनले बताए । ‘समयमै उपचार नपाएको भए दिदीभाईको नै निधन हुने थियो,’ आचार्यले भने, ‘यो केशमा प्यूठान अस्पतालका स्वास्थ्यकर्मीहरु निकै चनाखो भएकाले उपचार सम्भव भयो ।’ नेपाल सरकारको बर्तमान निति अनुसार सर्पदंशका बिरामीको उपचार सरकारी अस्पताल भन्दा बाहिर नहुने भएकाले सर्पदंशका बिरामीको उपचारमा सरकारी अस्पताल बढी गम्भिर बन्नुपर्ने आचार्य बताउँछन् । ‘किङ कोब्रा निकै विषालु सर्प हो,’उनले भने,‘समयमै एन्टिस्नेक भेनम दियो भने ठिक हुन्छ । तर, बिरामी अस्पताल आउन ढिला गर्यो। अस्पतालमा एन्टिस्नेक भेनम समयमै दिइएन भने बिरामी बचाउँन सकिदैन ।’

आचार्यका अनुसार सर्प दंशको समस्या साउन र भदौ महिनामा धेरै हुने बताए । सर्पदंशका बिरामी बचाउनको लागि स्थानीय सरकारहरुले सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको आचार्यले बताए । ‘गाउँ घरमा अझै सर्पदंशका बिरामी सबैभन्दा पहिले धामी,झाँक्रीमा पुग्छन,’उनले भने,‘अस्पताल आइपुग्दा ढिला भइसकेको हुन्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...