News Portal

रेडियो सुन्नुहोस्

गढीलेकमा गरियाे गणेश मन्दिर स्थापना

सुगम सराेवरकार्तिक १४ राेल्पा
६५४ पटक
कार्तिक १४ राेल्पा

रोल्पाको धार्मिक एवं पर्यटकिय स्थल गढिलेकमा गणेश मन्दिर स्थापना गरिएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ९ निवासी भुमिसरा वलीडाँगिद्धारा आफ्ना दिवंगत ससुरा प्रेम बहादुर डाँगीको सम्झनामा करिव २ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त गणेश मन्दिरको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ ।

सुकबिर घर्तिको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख विमला बुढाथापा थिइन् ।

सो अवसरमा स्वर्गद्वारी प्रभुमहाराजको तपोभूमि रुन्टिलेकमा आइपुगेका भक्तजनहरुले गणेश मन्दिर, शिवालय मन्दिर लगाएत बाइसे चौविसे राज्यका बेला निर्माण गरिएको दरबारका अवषेशहरु समेत अवलोकन गरेका थिए ।

लक्षिराम थापाले संचालन गरेको मन्दिर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले निकै महत्व बोकेको रोल्पाको गढीलेकमा पर्यटन भित्र्याउन सबै सरोकारवालाहरु गम्भीर रहनु पर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...