News Portal

रेडियो सुन्नुहोस्

गढीलेकमा गरियाे गणेश मन्दिर स्थापना

सुगम सराेवरकार्तिक १४ राेल्पा
६८७ पटक
कार्तिक १४ राेल्पा

रोल्पाको धार्मिक एवं पर्यटकिय स्थल गढिलेकमा गणेश मन्दिर स्थापना गरिएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ९ निवासी भुमिसरा वलीडाँगिद्धारा आफ्ना दिवंगत ससुरा प्रेम बहादुर डाँगीको सम्झनामा करिव २ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त गणेश मन्दिरको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ ।

सुकबिर घर्तिको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख विमला बुढाथापा थिइन् ।

सो अवसरमा स्वर्गद्वारी प्रभुमहाराजको तपोभूमि रुन्टिलेकमा आइपुगेका भक्तजनहरुले गणेश मन्दिर, शिवालय मन्दिर लगाएत बाइसे चौविसे राज्यका बेला निर्माण गरिएको दरबारका अवषेशहरु समेत अवलोकन गरेका थिए ।

लक्षिराम थापाले संचालन गरेको मन्दिर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले निकै महत्व बोकेको रोल्पाको गढीलेकमा पर्यटन भित्र्याउन सबै सरोकारवालाहरु गम्भीर रहनु पर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण ०७ सोमवार

मेष आज नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो...

प्रधानमन्त्रिको विश्वासको मतको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत

प्रधानमन्त्रि केपि शर्मा ओलिले विश्वासको मत पाएका छन्। मतको विभाजन यस्तो छ: जम्मा मत –...

प्युठान प्रहरीद्वारा वार्षिक प्रगति सार्वजनिक

जिल्ला प्रहरी कार्यालय प्युठानले पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयको...

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा, सरकारमा दाबी गर्ने एमालेको तयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा...

अधिकारीद्वारा आफ्ना गुरु श्रेष्ठलाई सम्मान

माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् । गुरु...