News Portal

रेडियो सुन्नुहोस्

आज राष्ट्रिय बाल दिवस प्यूठानमा पनि

झुलेनी नेटवर्क२०८० भदौ २९
१४४७ पटक
२०८० भदौ २९

५९ औँ राष्ट्रिय बाल दिवस प्यूठान सहित देशभर मनाइएको छ । शुक्रबार जिल्ला बाल संवगठन प्यूठानकोे आयोजना तथा प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा क्वाडी स्थित जिल्ला बाल संगठन कार्यालयको सभाहलमा कार्यक्रम गरिएको हो । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले अब बालबालिका अधिकारको कुरामा देखिने गरि काम गर्ने बताए । आजका बालबालिका भोलिका कर्णधार हुने भन्दै बालबालिकाको हित हुने गरी काम गर्न नगरपालिका लागि पर्ने आश्वासन दिए ।

कार्यक्रम नगरपालिका स्तरीय ‘बालबालिकाको लागि स्थानीय तहको भुमिका’ सम्बन्धि वक्तृत्वकला र प्रा. बि स्तरीय खेलकुद प्रतियोगिता गरिएको हो ।

वक्तृत्वकलामा प्रथम मुक्ति माध्यामिक बिधालय, रातामाटाकी लाली गिरि, दृतिय कालिका आवासीय माध्यामिक बिधालय टारिकी सन्ध्या भण्डारी, तृतीय सिद्ध माध्यामिक बिधालय, जुमृकाडाका कृष्ण प्रसाद भुसाल भएका हुन् ।

प्रा.वि स्तरीय चम्चा दौड तर्फ प्रथम गोबिन्द बहादुर केएम शारदा माध्यामिक बिधालय सापडाडा, दृतिय बिजय केएम मुक्ति माध्यामिक बिधालय रातामाटा र तृतीय राधेश कुमार शाह कन्याकुमारी प्राथमिक बिधालय भएका छन् भने कुर्सी दौड तर्फ प्रथम प्रमिला केएम, अरनिको आधारभूत बिधालय, दृतिय प्रेङका बिक नेपाल रास्ट्रिय माध्यामिक बिधालय टारी, तृतीय सिम्रन जिसि जानकि माध्यामिक बिधालय, चितिखोला रहेका छन् ।

जिल्ला बाल संगठन प्यूठानका सभापति चन्द्रकान्त पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगी, विशिष्ट अतिथीमा उपमेयर देबेन्द्र बर्मा, नगरपालिका प्रवक्ता सुमनराज श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख चन्द्रकान्त अधिकारी, समाजसेवी तथा पूर्व जिल्ला बाल संगठनका सभापति हुकुम बहादुर विष्ट लगायतको सहभागिता थियो ।

जिल्लाका सबै विद्यालयहरुले बालबालिका अधिकार सुनिश्चितता गर, बाल मैत्री शासन, बाल अधिकारको सम्मान भन्ने नारासहित कार्यक्रम गरि मनाइएको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो ।

त्यस्तै भानुभक्त मा.बि बर्बोटले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसको अवसरमा विद्यालयले प्रा.बि तह हाजिरीजवाफ तथा बक्तृत्वकला प्रतियोगिता गरेको हो । हाजिरीजवाफ प्रतियोगितामा प्रथम शारदा मा बि चौरपानी, द्वितीय भानुभक्त मा बि बर्बोट, तृतीय जनकल्याण आ.बि, तथा बक्तृत्वकला प्रतियोगिता मा प्रथम भानुभक्त मा बि बर्बाेट, द्वितीय जनकल्याण आ. बि र तृतीय शारदा मा बि रहेको विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...