News Portal

रेडियो सुन्नुहोस्

भवन बन्नका लागि होइन जनतालाई सहज सेवा दिनका लागि बनेको हो : अध्यक्ष ओली

झुलेनी नेटवर्क२०८० असोज २८
७३३ पटक
२०८० असोज २८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवन बन्नका लागि नभई जनतालाई सहज सेवा सुविधा दिनका लागि बनेको बताएका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै ओलीले यस्तो भनेका हुन् । अहिले देशको राजनिति तरल अवस्थामा भएको बताउँदै ओलीले भने, ‘अर्थतन्त्र ओरालो लागिरहेको छ, सुशासनको स्थिति खस्किएको छ, यसबाट देशलाई मुक्ति गराउन लागि परेका छौ ।’ यो ठाउँ कृषि प्रधान भएको भन्दै कृषिलाई कसरी आधुनिकिकरण गर्न सकिन्छ र कसरी धेरै मात्रामा उत्पादन गर्न सकिन्छ भनेर त्यता तिर ध्यान दिन पनि आग्रह गरे । सहकारी र सहकार्यको माध्ययमबाट ठूलो मात्रामा उत्पादन गर्ने र त्यो उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था गर्न जनप्रतिनिधिलाई ओलीले अनुरोध गरेका छन् । आजको समयमा बजारको कुनै अभाव नहुने भएकाले गाउँपालिका प्रमुख, जनप्रतिनिधि सबैलाई बिकासको अभियान्तामा अगुवाइकर्ता हुनुपर्ने बताए । यूवाहरुको सर्टिफिकेट राखेर विना धितो कुनै एउटा व्यवसाय सञ्चालन गर्नका लागि ऋण उपलब्ध गराउने संकल्पका साथ लागेको पनि जानकारी गराए ।

नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि भवनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । २०७८ साल असार ११ मा निर्माण कार्य सुरु गरिएको भवन निर्माण सम्पन्न भएपछि पालिकाले भब्य कार्यक्रमको आयोजना गरेर भवनको उद्धाटन गरिएको हो । भवन उद्धाटन कार्यक्रममाा नौबहिनीको प्रशासनिक केन्द्र सुन्दर नगरी बाहाने बजारमा ठूलो संख्यामा स्थानीय ऐतिहासिक झाकी, सराय नाच,सोरठी नाच, हात्ती माउते नाच, सहित सहभागिता जनाएका थिए ।

८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भएको हो । रविना/आँशु /मल्लरानी जेभीले ठेक्का लिएर भवन निर्माण गरेको हो । नौबहिनी गाउँपालिकाले हाल भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको थियो । भवन निर्माण भएपछि कार्यसम्पादनमा सुधार हुने आशा स्थानीयले गरेका छन । पालिकाको प्रमुख प्रशासकीय भवन सुन्दर र आर्कषक देखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...