News Portal

रेडियो सुन्नुहोस्

भवन बन्नका लागि होइन जनतालाई सहज सेवा दिनका लागि बनेको हो : अध्यक्ष ओली

झुलेनी नेटवर्क२०८० असोज २८
७६१ पटक
२०८० असोज २८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवन बन्नका लागि नभई जनतालाई सहज सेवा सुविधा दिनका लागि बनेको बताएका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै ओलीले यस्तो भनेका हुन् । अहिले देशको राजनिति तरल अवस्थामा भएको बताउँदै ओलीले भने, ‘अर्थतन्त्र ओरालो लागिरहेको छ, सुशासनको स्थिति खस्किएको छ, यसबाट देशलाई मुक्ति गराउन लागि परेका छौ ।’ यो ठाउँ कृषि प्रधान भएको भन्दै कृषिलाई कसरी आधुनिकिकरण गर्न सकिन्छ र कसरी धेरै मात्रामा उत्पादन गर्न सकिन्छ भनेर त्यता तिर ध्यान दिन पनि आग्रह गरे । सहकारी र सहकार्यको माध्ययमबाट ठूलो मात्रामा उत्पादन गर्ने र त्यो उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था गर्न जनप्रतिनिधिलाई ओलीले अनुरोध गरेका छन् । आजको समयमा बजारको कुनै अभाव नहुने भएकाले गाउँपालिका प्रमुख, जनप्रतिनिधि सबैलाई बिकासको अभियान्तामा अगुवाइकर्ता हुनुपर्ने बताए । यूवाहरुको सर्टिफिकेट राखेर विना धितो कुनै एउटा व्यवसाय सञ्चालन गर्नका लागि ऋण उपलब्ध गराउने संकल्पका साथ लागेको पनि जानकारी गराए ।

नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि भवनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । २०७८ साल असार ११ मा निर्माण कार्य सुरु गरिएको भवन निर्माण सम्पन्न भएपछि पालिकाले भब्य कार्यक्रमको आयोजना गरेर भवनको उद्धाटन गरिएको हो । भवन उद्धाटन कार्यक्रममाा नौबहिनीको प्रशासनिक केन्द्र सुन्दर नगरी बाहाने बजारमा ठूलो संख्यामा स्थानीय ऐतिहासिक झाकी, सराय नाच,सोरठी नाच, हात्ती माउते नाच, सहित सहभागिता जनाएका थिए ।

८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भएको हो । रविना/आँशु /मल्लरानी जेभीले ठेक्का लिएर भवन निर्माण गरेको हो । नौबहिनी गाउँपालिकाले हाल भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको थियो । भवन निर्माण भएपछि कार्यसम्पादनमा सुधार हुने आशा स्थानीयले गरेका छन । पालिकाको प्रमुख प्रशासकीय भवन सुन्दर र आर्कषक देखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...