News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य चौकिबाटै २१ जना गर्भवती महिलाले भिडियो एक्सरे गराए

झुलेनी नेटवर्क२०८० चैत २०
६१९ पटक
२०८० चैत २०

धरमपानी स्वास्थ्य चौकिमा २१ जना गर्भवती महिलाले भिडियो एक्स–रे गराएका छन् । मल्लरानी गाउँपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकीको आयोजना तथा प्यूठान अस्पतालको प्राबिधिक सहयोगमा सोमबार एक दिने गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे शिविर आयोजना गरिएको थियो ।

उक्त शिविरमा २१ जना गर्भवती महिलाले सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख टुकाराम पोख्रेलले बताए । उनले भने “डाक्टर राजेन्द्र पौडेल र वडा अध्यक्ष नोमराज पौडेलको पहलमा स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुले सेवा पाएका छन । जसले गर्दा बिजुवार पुग्न परेन, गाउमै सहज भयो ।”

त्यस्तै शिविरमा पुगेका प्यूठान अस्पतालका डाक्टर आमिर काफ्लेले भिडियो एक्स–रे गराएका २१ जना गर्भवती आमा र पेटको बच्चाको अबस्था राम्रो रहेको बताएका छन् ।

प्रेसर र अन्य समस्याका कारण २ जना गर्भवती महिलालाई प्यूठान अस्पतालमा बोलाईएको छ । गाउँकै स्वास्थ्य संस्थाबाट सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...