News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य चौकिबाटै २१ जना गर्भवती महिलाले भिडियो एक्सरे गराए

झुलेनी नेटवर्क२०८० चैत २०
८२८ पटक
२०८० चैत २०

धरमपानी स्वास्थ्य चौकिमा २१ जना गर्भवती महिलाले भिडियो एक्स–रे गराएका छन् । मल्लरानी गाउँपालिका ३ स्थित धरमपानी स्वास्थ्य चौकीको आयोजना तथा प्यूठान अस्पतालको प्राबिधिक सहयोगमा सोमबार एक दिने गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे शिविर आयोजना गरिएको थियो ।

उक्त शिविरमा २१ जना गर्भवती महिलाले सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख टुकाराम पोख्रेलले बताए । उनले भने “डाक्टर राजेन्द्र पौडेल र वडा अध्यक्ष नोमराज पौडेलको पहलमा स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुले सेवा पाएका छन । जसले गर्दा बिजुवार पुग्न परेन, गाउमै सहज भयो ।”

त्यस्तै शिविरमा पुगेका प्यूठान अस्पतालका डाक्टर आमिर काफ्लेले भिडियो एक्स–रे गराएका २१ जना गर्भवती आमा र पेटको बच्चाको अबस्था राम्रो रहेको बताएका छन् ।

प्रेसर र अन्य समस्याका कारण २ जना गर्भवती महिलालाई प्यूठान अस्पतालमा बोलाईएको छ । गाउँकै स्वास्थ्य संस्थाबाट सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...