लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आईतवार बस्ने भएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले सभाको चौथो अधिवेशनको चौबिसौँ बैठक आईतवार दिउसाे १ बजेका लागि बोलाईएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
गठबन्धन फेरवदल भएपछी सरकार अल्पमतमा परेसंगै स्थगित भएको बैठक आईतवारका लागि बोलाईएको हो ।
लुम्बिनी प्रदेशमा दलहरु आ–आफ्नो आन्तरिक छलफलमा रहेका छन् ।
मुख्यमन्त्री जोख बहादुर महराले राजिनामा दिने वा विश्वासको मत लिने भन्नेबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् । भने एमाले–काँग्रेसका नेताहरुले केन्द्रको निर्देशन पर्खिरहेका छन् ।