News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा प्रभु बैङ्कको शाखा उद्घाटन

झुलेनी नेटवर्क२०८१ श्रावण २५
५९२ पटक
२०८१ श्रावण २५

प्रभु बैङ्क लिमिटेडको शाखा प्यूठानको प्यूठान नगरपालिका ४ जुम्रीमा पनि स्थापना भएको छ । शुक्रवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जी.सी ले शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जी.सिले बैङ्कमा आउने सेवाग्राहीहरूले सहज रूपमा सेवा लिन सक्नेमा आफू विश्वस्त रहेको बताए । साथै अन्य बैङ्कले भन्दा फरक खालको सेवा सुविधा दिन सके जनता प्रभावित हुने उनको भनाई थियो ।

प्रभु बैङ्क लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख सुभाष कुँवरले नेपालमा “क” वर्गबाट प्राप्त हुने सबै सुविधाहरू प्रभु बैङ्कबाट पाउने बताएका छन् । देशभर प्रभुका प्युठान सहित ३ सय १५ शाखा रहेको प्रमुख कुँवरले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा बैङ्कको शाखा स्थापना भइसकेको छ ।

प्युठान शाखाका शाखा प्रमुख तोयानाथ धितालले सरल, सहज तरिकाले जनतालाई सेवा दिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...