News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा प्रभु बैङ्कको शाखा उद्घाटन

झुलेनी नेटवर्क२०८१ श्रावण २५
४४३ पटक
२०८१ श्रावण २५

प्रभु बैङ्क लिमिटेडको शाखा प्यूठानको प्यूठान नगरपालिका ४ जुम्रीमा पनि स्थापना भएको छ । शुक्रवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जी.सी ले शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जी.सिले बैङ्कमा आउने सेवाग्राहीहरूले सहज रूपमा सेवा लिन सक्नेमा आफू विश्वस्त रहेको बताए । साथै अन्य बैङ्कले भन्दा फरक खालको सेवा सुविधा दिन सके जनता प्रभावित हुने उनको भनाई थियो ।

प्रभु बैङ्क लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख सुभाष कुँवरले नेपालमा “क” वर्गबाट प्राप्त हुने सबै सुविधाहरू प्रभु बैङ्कबाट पाउने बताएका छन् । देशभर प्रभुका प्युठान सहित ३ सय १५ शाखा रहेको प्रमुख कुँवरले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा बैङ्कको शाखा स्थापना भइसकेको छ ।

प्युठान शाखाका शाखा प्रमुख तोयानाथ धितालले सरल, सहज तरिकाले जनतालाई सेवा दिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...