News Portal

रेडियो सुन्नुहोस्

एक वर्षमा १८ हजार बढीको आँखा जाँच, ४ सय बढीको शल्यक्रिया

जिल्लाका ८ स्थानीय तहले ३ सय ४२ जना ज्येष्ठ नागरिकको नि:शुल्क अपरेसन गराए

बोम बहादुर परियार२०८१ भदौ १
६६४ पटक
२०८१ भदौ १

प्युठान जिल्लाभर गत आर्थिक वर्षमा  १८ हजार ५ सय ४ जनाले आँखा जाँच गराएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बाट १५ हजार २ सय ७२ जना , भिंग्री शाखाबाट २ हजार ६ सय ९१ जना , र गौमुखी शाखाबाट ५ सय ४१ जनाले आँखाको जाँच गराएको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका  कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताइन ।

उनका अनुसार गत आर्थिक वर्षमा  ४ सय १६ जना आँखाका बिरामीको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । १२ सय ४२ जना विद्यार्थीलाई विद्यालयमै पुगेर आँखा चेक जाँच गरी २ सय जना विद्यार्थी लाई निःशुल्क चस्मा वितरण गरिएको ठकुरीले बताइन ।

आँखा अस्पतालले जिल्लाका विभिन्न ठाउँमा पुगी महिला स्वास्थ्य स्वयंसेवीका र शिक्षकहरूलाई आँखा सम्बन्धी तालिम दिएको छ । अस्पतालले हरेक वर्ष असार र साउन बाहेक प्रत्येक महिनामा शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालले रक्तचाप मधुमेहका बिरामीको लागी डाइवेटिज रेटिनोप्याथी स्कृनिङ पनि सञ्चालन गर्दै आएको उनको भनाई छ ।

प्युठान जिल्लाको एक मात्र आँखा अस्पताल नरेन्द्र गायत्री आँखा अस्पतालले भिंग्री र गौमुखी गरी दुई वटा पालिकामा शाखा विस्तार गरी सेवा प्रदान गरेको छ ।

 

स्थानीय तहले देखाए ज्येष्ठ नागरिकलाई आँखा 

जिल्लाका ८ स्थानीय तहले ३ सय ४२ जना ज्येष्ठ नागरिकको नि:शुल्क अपरेसन गराएका छन् । स्थानीय तहले आफ्नो खर्चमा ज्येष्ठ नागरिकको मोतिया विन्दुको अपरेसन गराएको कार्यालय प्रमुख ठकुरीले बताइन ।

नरेन्द्र गायत्री आँखा अस्पतालले जिल्लाका स्थानीय तहसँग सम्झौता गरेर ज्येष्ठ नागरिकलाई निःशुल्क चेकजाँच र अपरेसनको सेवा प्रदान गर्दै आएको छ । जिल्लाका ८ स्थानीय तहले ३ सय ४२ जना ज्येष्ठ नागरिकको नि:शुल्क अपरेसन गराएका छन् । स्थानीय तहले आफ्नो खर्चमा ज्येष्ठ नागरिकको मोतिया विन्दुको अपरेसन गराएको कार्यालय प्रमुख ठकुरीले बताइन ।

गत आर्थिक वर्षमा मल्लरानि गाउँपालिकाका  ४४ जना,  ऐरावती  गाउँपालिकाका  ५० जना, स्वर्गद्वारी नगरपालिकाका १२ जना,  गौमुखी गाउँपालिकाका ४६ जना, प्युठान नगरपालिकाका  ८६ जना, नौवहिनी गाउँपालिकाका २९ जना, झिमरुक गाउँपालिकाका ६० जना र माण्डवी गाउँपालिकाका १५ जना ज्येष्ठ नागरिकको स्थानीय तहको खर्चमा निःशुल्क अपरेसन गरिएको अस्पतालले जनाएको छ ।

मल्लरानी गाउँपालिकाका कुल १ सय ७१ जना ऐरावती  गाउँपालिकाका १ सय १५ जना, प्युठान नगरपालिकाका  २४ सय ३३ जना नौवहिनी गाउँपालिकाको १ सय १७ जना झिमरुक गाउँपालिकाका ५ सय ३४ जना माण्डवी गाउँपालिकाका २ सय ५६ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण  गरी औषधी तथा चस्मा वितरण भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...