News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको विकासमा योगदान दिनेछु : मन्त्री थापा

झुलेनी नेटवर्क२०८१ असोज १
६९१ पटक
२०८१ असोज १

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले छिमेकी जिल्ला भन्दा प्यूठान विकासको हिसाबले पछि पर्दा आफु चिन्तित बनेको बताएका छन् । मंगलबार प्रेस यूनियन नेपाल जिल्ला शाखा प्यूठानले जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले प्यूठान जिल्ला लुम्बिनीका अन्य जिल्ला भन्दा विकासको गतिमा पछि परेको बताएका हुन् । प्यूठान जिल्ला विकासमा पछि पर्नुको मुख्य कारण सत्तामा पहुँच नहुनु भएको बताए ।

अहिले लुम्बिनी प्रदेशको सहरी विकास तथा खानेपानी मन्त्री आफुले समालेपछि मन्त्रालयबाट प्यूठानको लागि अन्य जिल्लाको हाराहारीमा बजेट विनियोजन गरेर काम गर्ने अवसर प्राप्त भएको बताए । जिल्लाको विकासको लागि आवश्यक खाका सर्बदलिय सहमतिमा निर्माण गर्न उनले आफ्नो पार्टीको नेतृत्वसँग आग्रह गरे ।

“आफु भन्दा पनि जिल्लामै बसेर जनताको नेतृत्व गरी बुझेका नेताहरु जिल्लामै छन् ‘मन्त्री थापाले भने, त्यसले गर्दा साच्चिकै आवश्यकता केहो भन्ने उहाँहरुलाई जानकारी हुन्छ । त्यस अनुसार म बजेट बनाउँछु ।”

तपाई भएको मन्त्रालय अन्तर्गत प्यूठानमा धेरै योजना अलपत्र र अपुरा छन् यस विषयमा के सोच्नुभएको छ ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री थापाले आफ्ना मन्त्रालयका विषयगत कार्यालयहरुसँग बुझेर आवश्यक समन्वय गर्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...