News Portal

रेडियो सुन्नुहोस्

लायन्सद्वारा डायलाईसिस मेसिनका लागि १ करोड ३० लाख हस्तान्तरण

बिबश जि.एम.२०८१ असोज २०
७२१ पटक
२०८१ असोज २०

लायन्स क्लब अफ ईन्टरनेसनलले प्यूठान अस्पतालमा डायलाईसिस मेसिन खरिदका लागि १ करोड ३० लाख २७ हजार ५ सय ५७ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच क्लबका निवर्तमान गभर्नर मुकुट ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

लायन्स ले जिल्ला समन्वय समितिका प्रमुख धरम जिसी, प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टलाई ढकालले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले डायलाइसिस खरिदको लागि रकम प्राप्त भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रतिबद्धता गरेअनुसार रकम समयमा प्राप्त हुन नसक्दा ढिलो हुन पुगेको बताए । कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टले तत्काल मेसिन सञ्चालनको तयारी गरिने बताए ।

लायन्स क्लब अफ इन्टरनेश्नलका निवर्तमान गभर्नर मुकुट ढकालले डायलाइसिस मेसिन खरिद पश्चात् प्यूठान जिल्ला सहित रोल्पा, अर्घाखाँची, गुल्मी लगायतका छिमेकी जिल्लाका बिरामीहरूले लिने सेवामा सहज हुने उनको विश्वास छ ।

डायलाइसिस परियोजनाका प्रमुख नवीन कुमार श्रेष्ठको अध्यक्षतामा भएको चेक हस्तान्तरण कार्यक्रममा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्ट, लायन्स क्लब अफ प्यूठानका चियर पर्सन अर्जुन कुमार कक्षपति, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गोविन्द रावत लगायतले मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...