News Portal

रेडियो सुन्नुहोस्

लायन्सद्वारा डायलाईसिस मेसिनका लागि १ करोड ३० लाख हस्तान्तरण

बिबश जि.एम.२०८१ असोज २०
५८२ पटक
२०८१ असोज २०

लायन्स क्लब अफ ईन्टरनेसनलले प्यूठान अस्पतालमा डायलाईसिस मेसिन खरिदका लागि १ करोड ३० लाख २७ हजार ५ सय ५७ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच क्लबका निवर्तमान गभर्नर मुकुट ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

लायन्स ले जिल्ला समन्वय समितिका प्रमुख धरम जिसी, प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टलाई ढकालले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले डायलाइसिस खरिदको लागि रकम प्राप्त भएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले प्रतिबद्धता गरेअनुसार रकम समयमा प्राप्त हुन नसक्दा ढिलो हुन पुगेको बताए । कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टले तत्काल मेसिन सञ्चालनको तयारी गरिने बताए ।

लायन्स क्लब अफ इन्टरनेश्नलका निवर्तमान गभर्नर मुकुट ढकालले डायलाइसिस मेसिन खरिद पश्चात् प्यूठान जिल्ला सहित रोल्पा, अर्घाखाँची, गुल्मी लगायतका छिमेकी जिल्लाका बिरामीहरूले लिने सेवामा सहज हुने उनको विश्वास छ ।

डायलाइसिस परियोजनाका प्रमुख नवीन कुमार श्रेष्ठको अध्यक्षतामा भएको चेक हस्तान्तरण कार्यक्रममा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्ट, लायन्स क्लब अफ प्यूठानका चियर पर्सन अर्जुन कुमार कक्षपति, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गोविन्द रावत लगायतले मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...