News Portal

रेडियो सुन्नुहोस्

‘सी’ जातिसम्बन्धी बृहत् अन्तरक्रिया सम्पन्न

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
७०२ पटक
२०८१ कार्तिक १०

सी जाति सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम प्यूठानको जुम्रिमा सम्पन्न भएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति प्यूठानको आयोजनामा सी जाति अर्थात् समान जाति सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेत्रविक्रम चन्द (विप्लव सी)को प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जातीय विभेदको अन्त्य गरी समान जाति कायम गर्न भन्दै  २ वर्षअघि सम्पन्न नवौँ महाधिवेशनबाट पार्टीका सबै नेता कार्यकर्ताको थर हटाएर सी लेख्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै माथिल्लो देखि तल्लो तहका नेता कार्यकर्ताले आफ्नो थर हटाएर सी लेख्न थालेका छन्। यद्यपि नेपालको सूचीकृत जातिमा सी जाति नरहेकाले कानुनी मान्यता पाइसकेको छैन ।

सी जातिको अवधारणाबारे आफ्ना कुरा राख्दै प्रमुख अतिथि चन्दले सबै मानव जातिहरू यौटै पुर्खाबाट विकास भएको भए पनि राज्य व्यवस्थामा नेतृत्वमा रहेका पात्रहरूले जातीय विभाजन गरेर उचनिच, तल्लो माथिल्लो वर्गीकरण गराएर विभेद निम्त्याएकोले सबै मानव समान जाति गराउन सी जातिको अवधारणा ल्याएको बताए ।

कार्यक्रमका सहभागीहरूले सी जातिको अवधारणामाथि प्रमुख अतिथिलाई प्रश्न राखेका थिए । सी जातिको स्वीकार्यता र कार्यान्वयनमा आउन सक्ने समस्या लगायतका विषयमा आएका प्रश्नहरूको जवाफ दिँदै चन्दले विश्वका कम्युनिष्टहरुले मानवको समान जाति हुने भने पनि कसरी हुने भन्ने नभनेकाले सी जाति नयाँ बहसको थालनी भएको बताए ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक गोपाल विश्वकर्मा (जय मन) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बोम बहादुर परियारले गरेका थिए । केशव बहादुर विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा सी जातिको विषयमा अन्तरक्रिया र छलफल गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...