News Portal

रेडियो सुन्नुहोस्

‘सी’ जातिसम्बन्धी बृहत् अन्तरक्रिया सम्पन्न

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
४६९ पटक
२०८१ कार्तिक १०

सी जाति सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम प्यूठानको जुम्रिमा सम्पन्न भएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति प्यूठानको आयोजनामा सी जाति अर्थात् समान जाति सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेत्रविक्रम चन्द (विप्लव सी)को प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जातीय विभेदको अन्त्य गरी समान जाति कायम गर्न भन्दै  २ वर्षअघि सम्पन्न नवौँ महाधिवेशनबाट पार्टीका सबै नेता कार्यकर्ताको थर हटाएर सी लेख्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै माथिल्लो देखि तल्लो तहका नेता कार्यकर्ताले आफ्नो थर हटाएर सी लेख्न थालेका छन्। यद्यपि नेपालको सूचीकृत जातिमा सी जाति नरहेकाले कानुनी मान्यता पाइसकेको छैन ।

सी जातिको अवधारणाबारे आफ्ना कुरा राख्दै प्रमुख अतिथि चन्दले सबै मानव जातिहरू यौटै पुर्खाबाट विकास भएको भए पनि राज्य व्यवस्थामा नेतृत्वमा रहेका पात्रहरूले जातीय विभाजन गरेर उचनिच, तल्लो माथिल्लो वर्गीकरण गराएर विभेद निम्त्याएकोले सबै मानव समान जाति गराउन सी जातिको अवधारणा ल्याएको बताए ।

कार्यक्रमका सहभागीहरूले सी जातिको अवधारणामाथि प्रमुख अतिथिलाई प्रश्न राखेका थिए । सी जातिको स्वीकार्यता र कार्यान्वयनमा आउन सक्ने समस्या लगायतका विषयमा आएका प्रश्नहरूको जवाफ दिँदै चन्दले विश्वका कम्युनिष्टहरुले मानवको समान जाति हुने भने पनि कसरी हुने भन्ने नभनेकाले सी जाति नयाँ बहसको थालनी भएको बताए ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक गोपाल विश्वकर्मा (जय मन) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बोम बहादुर परियारले गरेका थिए । केशव बहादुर विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा सी जातिको विषयमा अन्तरक्रिया र छलफल गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...