News Portal

रेडियो सुन्नुहोस्

एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २१
३४५ पटक
२०८१ पौष २१

नेकपा एमाले मल्लरानी गाउँ कमिटीको प्रथम बैठक मल्लरानी गाउँपालिका ४ मल्लरानी डाँडामा सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकले अधिवेशनको समीक्षा, जिम्मेवारी बाँडफाँड, सचिवालय गठन लगायतका निर्णय गरेको अध्यक्ष पौडेलले बताए ।

बैठकमा प्रमुख अतिथि नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मल्लरानी गाउँपालिका इन्चार्ज दीपा घर्तीले पालिका तथा वडाका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई जनताको बिचमा गएर उनीहरूको समस्या बुझी काम गर्न निर्देशित गरिन ।

एमाले पार्टीका जिल्ला सचिव इन्द्रमणि पोख्रेलले  पार्टी सङ्गठनलाई बलियो बनाउन नयाँ र पुरानो भन्ने नहुने भन्दै पार्टीले  कामको आधारमा मूल्याङ्कन गर्ने बताए।

बैठकमा एमाले नेताहरू ईश्वरा आचार्य, ईश्वर थापा मगर, पशुपति नारायण नकर्मी, सन्देश आचार्य, पोम बहादुर नेपाली ,  सीता बि क, सुनिल शाही लेकाली , किरण पन्थी, रामचन्द्र के सी  लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा अध्यक्ष पौडेलले एमालेलाई गाउँपालिकामा मल्लरानी जस्तै उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...