News Portal

रेडियो सुन्नुहोस्

एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २१
५६९ पटक
२०८१ पौष २१

नेकपा एमाले मल्लरानी गाउँ कमिटीको प्रथम बैठक मल्लरानी गाउँपालिका ४ मल्लरानी डाँडामा सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठकले अधिवेशनको समीक्षा, जिम्मेवारी बाँडफाँड, सचिवालय गठन लगायतका निर्णय गरेको अध्यक्ष पौडेलले बताए ।

बैठकमा प्रमुख अतिथि नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मल्लरानी गाउँपालिका इन्चार्ज दीपा घर्तीले पालिका तथा वडाका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई जनताको बिचमा गएर उनीहरूको समस्या बुझी काम गर्न निर्देशित गरिन ।

एमाले पार्टीका जिल्ला सचिव इन्द्रमणि पोख्रेलले  पार्टी सङ्गठनलाई बलियो बनाउन नयाँ र पुरानो भन्ने नहुने भन्दै पार्टीले  कामको आधारमा मूल्याङ्कन गर्ने बताए।

बैठकमा एमाले नेताहरू ईश्वरा आचार्य, ईश्वर थापा मगर, पशुपति नारायण नकर्मी, सन्देश आचार्य, पोम बहादुर नेपाली ,  सीता बि क, सुनिल शाही लेकाली , किरण पन्थी, रामचन्द्र के सी  लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा अध्यक्ष पौडेलले एमालेलाई गाउँपालिकामा मल्लरानी जस्तै उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...