News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकामा आँखा स्क्रीनिंग शिविर सुरु

झुलेनी नेटवर्क२०८१ माघ २५
३१३ पटक
२०८१ माघ २५

स्वर्गद्वारी नगरपालिकाले ५० वर्षभन्दा माथिको उमेरका नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरेको छ । आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाका ६ स्थानमा आँखा जाँच शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले बताए ।

बिहीबार नगरपालिकाको वडा नं. १ स्थित कोचिवाङमा शिविर सम्पन्न भएको छ । ७७ जनाको जाँच गरिएकोमा १४ जनाको अपरेसन गर्नुपर्ने देखिएको नगरपालिकाका प्रवक्ता सुरज सङ्गम सुनारले बताए ।

स्वर्गद्वारी नगरपालिकाले तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ति दाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । शुक्रबार वडा नं. २ खाल, शनिवार वडा नं. ५ सारी, आइतबार वडा नं. ९ गोठिवाङ, सोमबार वडा नं. ६ बेलवास र मङ्गलवार वडा नं. ४ भिंग्रीमा स्कृनिङ शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । उनका अनुसार स्थानीय स्तरमा हुने स्कृनिङ, अपरेसन गर्नुपर्ने बिरामीका लागि तिलगंगा सर्किजल आँखा केन्द्र राप्ति दाङ पुग्न यातायात र अपरेसनका लागि लाग्ने सबै खर्च गाउँपालिकाले ब्यहोर्ने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...