News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकामा आँखा स्क्रीनिंग शिविर सुरु

झुलेनी नेटवर्क२०८१ माघ २५
९४७ पटक
२०८१ माघ २५

स्वर्गद्वारी नगरपालिकाले ५० वर्षभन्दा माथिको उमेरका नागरिकका लागि आँखा जाँच शिविर सञ्चालन गरेको छ । आँखाको अपरेसन गर्नुपर्ने नागरिकको पहिचानका लागि नगरपालिकाका ६ स्थानमा आँखा जाँच शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले बताए ।

बिहीबार नगरपालिकाको वडा नं. १ स्थित कोचिवाङमा शिविर सम्पन्न भएको छ । ७७ जनाको जाँच गरिएकोमा १४ जनाको अपरेसन गर्नुपर्ने देखिएको नगरपालिकाका प्रवक्ता सुरज सङ्गम सुनारले बताए ।

स्वर्गद्वारी नगरपालिकाले तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ति दाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । शुक्रबार वडा नं. २ खाल, शनिवार वडा नं. ५ सारी, आइतबार वडा नं. ९ गोठिवाङ, सोमबार वडा नं. ६ बेलवास र मङ्गलवार वडा नं. ४ भिंग्रीमा स्कृनिङ शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । उनका अनुसार स्थानीय स्तरमा हुने स्कृनिङ, अपरेसन गर्नुपर्ने बिरामीका लागि तिलगंगा सर्किजल आँखा केन्द्र राप्ति दाङ पुग्न यातायात र अपरेसनका लागि लाग्ने सबै खर्च गाउँपालिकाले ब्यहोर्ने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...