News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सञ्जाल नियमन गर्नुपर्छ, गरिन्छ: सांसद थापा

झुलेनी नेटवर्क२०८१ फागुन १
४६५ पटक
२०८१ फागुन १

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सामाजिक सञ्जालको नियमन गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नगरिने तर, नियमन गरिने थापाले बताए । विगतमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएकाहरूले नै अहिले नियमनलाई स्वतन्त्रताविरुद्ध भएको तर्क गरिरहेको उनको भनाई छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको आठौँ अधिवेशनमा प्रमुख अतिथि रहेका नेता थापाले अधिवेशनलाई सम्बोधन गर्दै जिल्लाको विकास निर्माणमा सबैको आ–आफ्नो भूमिका हुने बताए ।

अर्को सन्दर्भमा सांसद थापाले प्यूठानमा बाँडफाँडका सन्दर्भमा जनमत अनुकूलको समझदारीमा नभएको बताए । गठबन्धनभित्रको विभिन्न बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले त्यसप्रति आफ्नो फरक मत रहेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष विजय बिराज विष्टले तथ्यका आधारमा सत्यमा पुग्ने पत्रकारिताले समाज विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाकर पन्थीले प्रेस चौतारी सशक्त सङ्गठनको रूपमा अगाडी बढिरहेको बताए ।

बासुदेव गिरीको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन राम बहादुर विश्वकर्माले गरेका थिए । कार्यक्रममा एमालेका विभिन्न तहका नेताहरू, नेपाल पत्रकार महासङ्घका पूर्व तथा वर्तमान पदाधिकारीहरू, विभिन्न शुभेच्छुक सङ्गठनका नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...