News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सञ्जाल नियमन गर्नुपर्छ, गरिन्छ: सांसद थापा

झुलेनी नेटवर्क२०८१ फागुन १
२६७ पटक
२०८१ फागुन १

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सामाजिक सञ्जालको नियमन गरिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र नियन्त्रण नगरिने तर, नियमन गरिने थापाले बताए । विगतमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएकाहरूले नै अहिले नियमनलाई स्वतन्त्रताविरुद्ध भएको तर्क गरिरहेको उनको भनाई छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको आठौँ अधिवेशनमा प्रमुख अतिथि रहेका नेता थापाले अधिवेशनलाई सम्बोधन गर्दै जिल्लाको विकास निर्माणमा सबैको आ–आफ्नो भूमिका हुने बताए ।

अर्को सन्दर्भमा सांसद थापाले प्यूठानमा बाँडफाँडका सन्दर्भमा जनमत अनुकूलको समझदारीमा नभएको बताए । गठबन्धनभित्रको विभिन्न बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले त्यसप्रति आफ्नो फरक मत रहेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष विजय बिराज विष्टले तथ्यका आधारमा सत्यमा पुग्ने पत्रकारिताले समाज विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाकर पन्थीले प्रेस चौतारी सशक्त सङ्गठनको रूपमा अगाडी बढिरहेको बताए ।

बासुदेव गिरीको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन राम बहादुर विश्वकर्माले गरेका थिए । कार्यक्रममा एमालेका विभिन्न तहका नेताहरू, नेपाल पत्रकार महासङ्घका पूर्व तथा वर्तमान पदाधिकारीहरू, विभिन्न शुभेच्छुक सङ्गठनका नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...